काठमाडौं । मकवानपुरका वनकरियाले स्थायी बसोबासका लागि जग्गा माग गर्दै बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र दिएका छन् । मनहरी गाउँपालिका–४ ट्वांगामा कबुलियती वनको जग्गामा बस्दै आएका उनीहरूले वनकरिया महिला विकास संघको अगुवाइमा आइतबार बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
उनिहरूले जातिगत स्थायी बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् । वनकरियालाई सहयोग गर्दै मनहरी गाउपालिकाका ४ का वडा अध्यक्ष प्रकाश थापा समेत ज्ञापनपत्र बुझाउन सहभागि थिए ।
ज्ञापनपत्र बुझ्दै बाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री श्रेष्ठले वनकरिया समुदायको मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वनकरिया समुदायले एक दशकदेखि नै सामूहिक पूर्जाको माग गर्दै संघ र प्रदेशको मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै आएको वनकरिया समुदायले जनाएको छ ।
हाल बसेको कबुलियती वनको जग्गामा वनसँगको सम्झौताअनुसार त्यो स्थान छाड्नुपर्ने समय नजिकिँदै जाँदा वनकरियाहरू तनावमा छन् ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।