Development

सार्वजनिक नाला मिचेर सडक बनाउँदै उपमहानगर

Pinterest LinkedIn Tumblr

काठमाडौं । धनगढी उपमहानगरपालिकाले सार्वजनिक नालामाथि सडक निर्माण गरेको छ । धनगढी–३ स्थित केदार टोल देखि संघम टोल हुँदै जनता मावि विशालनगर जोड्ने नालालाई उपमहानगरले सडकको मान्यता दिएको हो ।

धनगढी–१३ को झलारी, गेट हुँदै धनगढी–४ उत्तरबेहडी भएर बोराडाँडी विशालनगर हुँदै मोहना नदीमा मिसिने नालामाथि बाटो बनाएर उपमहानगरले दुईतर्फी नाली निर्माण गर्ने भएको छ ।

२०२१ साल देखिको नाला मिचेर केही भूमाफियाले बाटोका रुपमा प्रयोग गरेका थिए । स्थानीयले त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको ध्यानाकर्षण गराउँदै आएपनि उपमहानगरले त्यसैमाथि ग्राभेल गरेर नालालाई बाटोको मान्यता दिएको स्थानीयको आरोप छ ।

केदार टोल विकास समिति र स्थानीयले पटकपटक नाला अतिक्रमण भएको जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गर्न निवेदन दिएका थिए । तर नाला खाली गर्न आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिँदै आएको उपमहानगरले जबरजस्ती सडक निर्माण गर्न लागेको हो ।

३ देखि ४ सय परिवार सो नालालाई बाटो बनाएर त्यसको दायाँबायाँ निजी जमिनमा दुई/दुई मिटरको नाली निर्माण गरिरहेको वडाले जनाएको छ । जहाँ सार्वजनिक नालाको क्षेत्राधिकार पनि ४ मिटरकै रहेको र अहिले दायाँबायाँ गरेर नालीको क्षेत्राधिकार पनि ४ मिटर नै कायम गरिएको छ ।

यद्यपि उक्त नालालाई बाटोको रुपमा प्रयोग गर्ने १० देखि १२ परिवार मात्रै रहेको स्थानीयको दावी छ । ती परिवारलाई पनि वैकल्पिक मार्गमा जोड्न सकिने र नक्सामा भएको सार्वजनिक नालाको क्षेत्राधिकार पनि कम्तिमा ५ मिटर र सो भन्दा बढी रहेको जनाएका छन् ।

उपमहानगरको घर नक्सा शाखाले भने जनप्रतिनिधिको सल्लाह अनुसार नालालाई बाटोको रुपमा प्रयोग गर्न दिइएको जनाएको छ ।

नक्सामा सार्वजनिक नाला रहेको सो क्षेत्र व्यवहारमा मात्रै बाटोका रुपमा प्रयोग गरिने छ । २०२१ साल देखिनै नक्सामा सो क्षेत्र सार्वजनिक नाला हो त्यसलाई परिवर्तन गर्न नसकिने जनाइएको छ ।

२०२१ साल देखि नै नक्सामा सार्वजनिक नालाको रुपमा रहेको सो क्षेत्रलाई परिवर्तन गर्न सकिँदैन । तरपनि व्यवहारमा भने बाटोको रुपमा प्रयोग भइरहेको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It