News

६ महिनामा १ अर्ब ७६ करोडको सिमेन्ट र क्लिंकर निर्यात

By BabinaJanuary 25, 20241 min read
६ महिनामा १ अर्ब ७६ करोडको सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिना मा १ अर्ब ७६ करोड रूपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । साउनदेखि पुस मसान्त सम्ममा ८७ करोड २० लाख रूपैयाँको सिमेन्ट र ८९ करोड १२ लाख रूपैयाँको क्लिंकर निर्यात भएको छ, जुन गत वर्षको तुलनामा २० गुणाले बढी हो । 

गत साउनदेखि पुससम्ममा नेपालबाट ८ करोड ७२ लाख रूपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

हाल नेपालले भारतीय बजारमा अर्घाखाँची, पाल्पा, सीजी, बालाजी र सर्वोतम गरी ७ वटा ब्रान्डका सिमेन्ट बिक्री गरिरहेको छ । निर्यात हुन थालेको १८ महिनामा दुई अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट भारतीय बजारमा बिक्री भएको छ ।

यति छोटो समयमा सिमेन्टको निर्यात वृद्धिदर उल्लेखनीय रूपमा बढेको छ । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट-क्लिंकर निर्यात बढ्न थालेको हो ।

यस अवधिमा मुलुकको समग्र निर्यात ७ प्रतिशतले घटेको छ । तर सिमेन्ट र आइरन स्टिलको निर्यातकै कारण समग्र निर्यात धेरै नखस्किएको भन्सार विभागले जनाएको छ । मुलुकबाट हुने समग्र निर्यातमा सिमेन्ट र क्लिंकरको योगदान २.३४ प्रतिशत छ ।

चालु आर्थिक वर्षको सिमेन्ट निर्यातको अवस्थाः
क्र.सं चालु आ.व. को महिना  कारोबार (रुपैयाँमा )
१. साउन २३ करोड ५० लाख
२. भदौ  १८ करोड ३४ लाख
३. असोज ४३ करोड ४५ लाख 
४. कात्तिक २७ करोड ७६ लाख
५. मंसिर  ३६ करोड १५ लाख
६. पुस २७ करोड नौ लाख 

स्रोतः भन्सार विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

construction materialExportexported cement and clinker

You May Also Like

More stories from Basobaas