News

निर्माण सम्पन्न भएको १० वर्ष बित्यो, तर विष्णुमतिको पुल सञ्चालनमा आउन अझै अन्योल

By BabinaJanuary 4, 20231 min read
निर्माण सम्पन्न भएको १० वर्ष बित्यो, तर विष्णुमतिको पुल सञ्चालनमा आउन अझै अन्योल

काठमाडाैं । निर्माण सम्पन्न भएको एक दशक बितिसक्दा पनि काठमाडौं टेकुस्थित विष्णुमतीको पुल सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनि जीआईईसी पप्पु जेभीले मापदण्ड पुरा नगरी पुल निर्माण गरेको भन्दै सडक विभागले पुल सञ्चालनमा रोक लगाइरहेको छ । 

निर्माणका क्रममा पुलको सुपर स्ट्रक्चरको काम डिजाइन र निर्देशन अनुरूप नभएको भन्दै सडक विभागले ठेक्का तोड्ने निर्णय समेत गरेको थियो । निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न चाहे पनि डिभिजन सडक कार्यालयले पहिले त्रुटि सच्याउन भनेको थियो । 

विभागको निर्णयप्रति असहमति जनाउँदै निर्माण कम्पनी कानुनी प्रक्रियामा गएपछि कम्पनिलाई कालो सूचिमा समेत राखिएको विभागले जनाएको छ । यसरी त्रुटिलाई सच्याउनको सट्टा त्यसविरुद्ध निर्माण कम्पनीले कार्यालयबाट ठेक्का तोड्न र कालोसूचिबाट हटाउन अदालती प्रक्रियामा गएको विभागका सूचना अधिकारी सुनित केसीले जानकारी दिए । 

सर्वाेच्चमा दायर मुद्दाको हालसम्म पनि सुनुवाइ हुन सकेको छैन । कानूनी प्रक्रियामा रहेकाले तत्काल पुल सञ्चालन हुन नसक्ने जनाइएको छ । अदालतको निर्णयपछि मात्र पुललाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय हुने समेत केसि ले बताए । 

पुलको स्वीकृत ड्रइङअनुसार पुलको लम्बाइ ६० मिटर हुनुपर्ने र तीन स्पानमध्ये बीचको ३० मिटर, दायाँ १० मिटर र बायाँ २० मिटर हुने उल्लेख छ । पुलको सब-स्ट्रक्चरसम्मको भुक्तानी भने भइसकेको विभागले जनाएको छ । 

सन् २०१६ जुलाईसम्म निर्माण सम्पन्न गर्नेगरि २२ करोड ६१ लाख ७४ हजार ९ सय ७४ रूपैया ३१ पैसा मा २०१४ जुन २३ मा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि थप एक वर्ष म्याद समेत थपिएको थियो । 

डिजाइनमा उल्लेख भएभन्दा फरक सामग्रीको प्रयोग गरेको पाइएपछि विभागले निर्माण कम्पनीलाई त्रुटि सच्याउन वि.संं २०७६ असारमा सूचना प्रकाशन गरेको थियो । 

सूचना प्रकाशन भएपछि पनि निर्माण कम्पनीको तर्फबाट कुनै पहल नभएपछि ठेक्का तोडिएको विभागले जनाएको छ ।

यसअघि पनि पप्पु कन्स्ट्रक्सनले तिनकुनेको बागमति पुलको गुणस्तरीय निर्माण गर्न नसक्दा ठेक्का तोडिएको थियो । 

Bishnumati bridgebridgeConstruction of bridges without standardspappu constructionteku bridge

You May Also Like

More stories from Basobaas