News

कर्मचारीका लागि निजी शहर बनाउँदै अर्बपति ‘एलन मस्क

Pinterest LinkedIn Tumblr

काठमाडौं । अर्बपति एलन मस्कले नयाँ सहर स्थापना गर्ने भएका छन् । मस्क अमेरिकी राज्य टेक्सासको राजधानीनजिकै निजी सहर बनाउने योजनामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार उनले अस्टिनको बाहिरी भाग कोलोराडो नदीको नजिक आफ्ना कर्मचारीहरूका लागि उक्त शहर निर्माण गर्न लागेका हुन् । मस्कले नयाँ सहरको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न थालिसकेका छन् । 

मस्कको निजी शहरको नाम टेक्सास युटोपिया रहनसक्ने अनुमान गरिएको छ । 

टेक्सासको नियमअनुसार एउटा शहर बनाउनका लागि सो क्षेत्रमा २०१ को निवास हुनु जरूरी छ । यद्यपि, मस्कले शहरको लागि आवेदन फाइल गरेका छैनन् । रिपोर्टका अनुसार मस्कले अस्टिन बाहिर हजारौं एकड जमिन खरिद गरेका छन् ।

मस्क र उनकै कम्पनीका केही व्यक्तिहरू मिलेर निजी शहरको परियोजनाका लागि रियलस्टेट एजेन्टसँग कुरा गर्न थालेको समेत जनाइएको छ । 

यो पनि पढ्नुहोस्ःकम्पनीको कारभन्दा सस्तो घरमा टेस्लाका सिईओ ‘एलन मस्क’

प्रतिक्रिया दिनुहोस्
Pin It