Lifestyle

कम्पनीको कारभन्दा सस्तो घरमा टेस्लाका सिईओ ‘एलन मस्क’

Pinterest LinkedIn Tumblr

काठमाडौं । चर्चित उद्यमी तथा व्यवसायी एलन मस्कको भव्य र आलिसान घर छैन भन्ने कुरा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यही सत्य हो, उनी विगत केही समयदेखि आफ्नो घर बेचेर भाडाको जग्गामा सानो घर बनाएर बसिरहेका छन् ।  

भन्ने गरिन्छ, सामान्य व्यक्तिको सोच जहाँ सकिन्छ, त्यहाँ एलन मस्कको सोच सुरु हुन्छ । उनी हरेक समय अत्याधुनिक भविष्यको कल्पनामा तल्लिन रहन्छन् ।

कुनै समय यस्तो पनि थियो कि, व्यस्त दैनिकीमा समय बचाउन मस्क प्रायजसो घर नगई अफिसको सोफामा नै सुत्ने गर्थे । यसरी अफिसमा रात बिताएर बिहान सबेरै पुनः काममा लाग्ने उनलाई आफ्नो सबै घर फजुलको लाग्न थाल्यो ।  

अन्ततः संसारका धनी व्यक्तिको सूचीमा अग्रपङ्क्तिमा रहन सफल मस्कले सन् २०२० मा एक ट्विट गर्दै घर बेच्ने जानकारी गराए । र, एक वर्ष भित्रै मस्कले आफ्नो स्वामित्वमा भएका सात आलिसान घरहरू बेचिदिए । 

त्यसको एक वर्ष पछि मस्कले आफू अमेरिकाको एक स्टेट टेक्सासको समुद्री तटमा अवस्थित एउटा गाउँमा सानो घर भाडामा लिएर बसेको जानकारी दिए ।  

मस्क हाल स्पेसएक्स कम्पनीको मुख्य कार्यालय नजिकैको घरमा बसिरहेका छन् । कम्पनीको जग्गा भाडामा लिएर उनले सार्न मिल्ने घर बनाएका छन् । जसको निर्माण बक्सेबल नामक मुभेवलफोल्डेवल घर बनाउने कम्पनीले गरेको हो । 

७ सय ७५ वर्गफिटमा निर्माण भएको घरलाई फोल्ड गरेर एक ठाउँबाट अर्को ठाँउमा सार्न सकिन्छ । सो घरको मूल्य ५० हजार डलर रहेको छ । यानकी उनको घरको मूल्य एउटा टेस्ला कारको भन्दा कम रहेको छ ।  

केही समयअघि एक अन्तरवार्तामा किन घर बिक्री गरेको सन्दर्भलाई सम्बोधन गर्दै मस्कले घर हुँदा एउटै शहरमा बसेर समय बिताउनुपर्ने बाध्यता हुने, र घर नभए दुनियाँभर आनन्दले बस्न सकिने विचार राखेका थिए ।  

हाल एलन मस्क मङ्गल ग्रहमा घर बनाउने विचार गर्दैछन् । केही समयपछि पृथ्वीमा बस्न लायक नहुने भन्दै उनी मङ्गल ग्रहमा मानव बस्तीको विकास गर्न चाहान्छन् ।

मस्क प्रायजसो सामाजिक सञ्जालमा रमाइला र इन्स्ट्यान्ट स्टेटमेन्टका कारण चर्चामा रहने गर्छन् । आइरन म्यानको उपनाम समेत पाएका मस्क विद्युतीय कार कम्पनी टेस्लाका सीईओ सफल व्यवसायी हुन् ।  

उनले  सन् २००२ मा स्थापना गरेको कम्पनी स्पेस एक्सले मिसन मङ्गल ग्रहमा मानव जीवन सुरूवात गर्न काम गरिरहेको छ । जसमा काम गरिरहेको रकेट हो ‘स्टार शिप’ ।  कतिपयले ‘स्टार शिपलाई’ सफल पार्न मस्कले आफ्ना सबै घर बेचेको अनुमान लगाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It