नेपाल चेम्बर एक्स्पो २०२४ः प्रदर्शनीमा छन्, आकर्षक घरजग्गाहरू

काठमाडौं । यही फागुन २४ गतेदेखि २८ गतेसम्म भृकुटिमण्डपमा “नेपाल चेम्बर एक्स्पो २०२४” आयोजना हुने भएको छ । यो एक्स्पो स्थानीय उत्पादन प्रबर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको हो ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा घर–जग्गा व्यवसायी, हस्तकलाका वस्तु, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् । एक्स्पो फागुन २८ गतेसम्म हुनेछ ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसन (NLHDA)ले साना तथा ठूला घरजग्गा व्यवसायी र खरिदकर्ता तथा बिक्रेतालाई लक्षित गर्दै पाँच वटा स्टल उपलब्ध गराउनेछ ।
एक्स्पोमा, अवलोकनकर्ताहरूले प्रदर्शनमा राखिएका प्लटिङ, हाउजिङ, भिल्लाहरूको बारेमा जानकारी लिन सक्नेछन् ।
बसोबास नेपालले रियलस्टेट कम्पनी तथा डेभलपरहरूको व्यवस्थापन गर्ने छ ।
यस्ता छन्, सहभागी घरजग्गा कम्पनिका आकर्षक प्रपर्टिहरूः
सीडी ग्रुपका प्रपर्टिहरूः


रोड सो रियल इस्टेटका प्रपर्टिहरूः

नेपाल रियल इस्टेट मार्टका प्रपर्टिहरूः

त्यस्तै एक्स्पोमा कन्टिनेन्टल डेभलपरले नयाँ हाउजिङ र प्लटिङहरूको सोकेस गराउनेछ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Latest Posts
Fresh reads from Basobaas








