Tourism

५ अर्ब अमेरिकी डलरमा चन्द्रमा बनाउँदै दुबई 

Pinterest LinkedIn Tumblr

काठमाडौं । युएई सरकारले दुबईमा कृतिम चन्द्रमा अर्थात् ‘आर्टिफिसिएल मून’ निर्माण गर्ने भएको छ । चन्द्रमा स्वरूपको रिसोर्ट अन्तरगतको यस परियोजनालाई ‘दुबई मून’ नाम दिइएको छ । यो रिसोर्ट नितान्त आकाशमा चम्किरहेको चन्द्रमा जस्तै हुनेछ । 

क्यानडाको आर्किटेक्चर मुन वर्ल्ड रिसोर्ट कम्पनीले निर्माण गर्ने चन्द्रमा १० एकडमा फैलिने अरेबियन बिजनेस रिपोर्टमा उल्लेख छ । यसको उचाइ ७३५ फिट अर्थात् २२४ मिटर हुनेछ । 

६२२ मिटर परिधिमा निर्माण हुने रिसोर्टमा ४ हजार कोठाको होटल, आवासीय ३०० निजी स्काई भिल्ला हुनेछन् । आधुनिक सुविधासम्पन्न नाइट क्लब, १० हजार सिटको हल, क्यासिनो, रेस्टुरेन्ट र वेलनेस सेन्टर पनि रहने जनाइएको छ । 

रिसोर्टमा आउने पर्यटकले चन्द्रमाको सतहबाट वरपरको दृष्य नियाल्ने मौका पाउनेछन् । गोलाकार चन्द्रमा रिसोर्टको मध्यभागमा रहनेछ । आकाशको चम्किलो चन्द्रमा जस्तै हुने मुन रिसोर्ट लक्जरीयस र विश्वमा कतै नपाइने सेवा सुविधा सहितको हुनेछ । 

५ अर्ब अमेरिकी डलरमा निर्माण हुनलागेको ‘मून रिसोर्ट’ले कम लागतमा अन्तरिक्षको आनन्द दिन सक्ने अपेक्षा गरिएको छ । 

संसारभरका मानिसलाई आकर्षित गर्नसक्ने ‘मून रिसोर्ट’लाई वर्षेनी २५ लाख मानिसले अवलोकन गर्ने छन् । वार्षिक आम्दानी १.५ अर्ब युरोभन्दा  बढि हुने हुँदा यसले युएईको अर्थव्यवस्थालाई नै प्रभावित पार्ने अपेक्षा गरिएको छ । 

‘मून रिसोर्ट’को प्रभाव यातायात, वाणिज्य, आवासीय घरजग्गा, पूर्वाधार, वित्तिय सेवा, उड्डयन र अन्तरिक्ष उर्जा, कृषि, प्रविधि, आतिथ्य, मनोरञ्जन र शिक्षा जस्ता क्षेत्रमा पनि देखिनेछ । 

दुबईमा यसबाहेक दुबई मल र एटलान्टिस पाम जुमेराह जस्ता युप्रै लक्जरियस पर्यटक स्थलहरू छन् । अब लक्जरी होटल र मलको सूचीमा चन्द्र रिसोर्ट पनि थपिनेछ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It