Tourism

यी हुन् विश्वका १० आलिशान भवनहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज अग्ला र आलिशान भवन निर्माणको होड चलेको छ । नयाँ बनेका संरचनाहरू अत्याधुनिक डिजाइन र वास्तुकलाको भव्यताको बलमा संसारको ध्यान खिचिरहेका छन् । आज हामी मानिसलाई बादलमा तैरिएको अनुभूति दिने १० अग्ला भवनहरूको संक्षिप्त चर्चा गर्दैछौं ।  

१. बुर्ज खलिफा, (युएई) दुबईः 

यी हुन् विश्वका १० आलिशान भवनहरू

बुर्ज खलिफा हालसम्म विश्वको सबैभन्दा अग्लो भवनका रुपमा परिचित छ । ८२८ मिटर (२,७१७ फिट) को उचाइमा रहेको यो भवनको डिजाइन इस्लामिक वास्तुकलाबाट प्रेरित छ । जहाँबाट दुबईको मनोरम दृश्य नियाल्न सकिन्छ ।

२. सांघाई टावर, शाङ्घाई, चीनः 

यी हुन् विश्वका १० आलिशान भवनहरू

गगनचुम्बी भवन ‘सांघाई टावर’ चीनको शाङ्घाईमा अवस्थितछ । ६३२ मिटर अर्थात २,०७३ फिट उचाइभएको यस टावरमा १२८ वटा तल्ला छन् । २०१५ मा निर्माण सम्पन्न भएको यो टावर हालसम्म संसारको दोस्रो सबैभन्दा अग्लो भवन हो ।

३. अबराज अल-बैत क्लक टावर, मक्का, साउदी अरब: 

यी हुन् विश्वका १० आलिशान भवनहरू

अबराज अल-बैत क्लक टावर साउदी अरबको मस्जिद अल-हरम मस्जिद नजिकै रहेको छ । ६०१  मिटर अर्थात १,९७५ फिट अग्लो यस टावरमा लक्जरी होटलहरू, आवासीय स्पेश, शपिङ सेन्टर, र ठूला इस्लामिक संग्रहालयहरू छन् ।

४. पिंग एन फाइनान्स सेन्टर, शेन्जेन, चीनः 

यी हुन् विश्वका १० आलिशान भवनहरू

विश्वको सबैभन्दा अग्लो भवनको सूचिमा चौथो स्थानमा पर्ने ‘पिङ एन फाइनान्स सेन्टर’ चीनको शेन्जेनमा अवस्थित छ ।  जसलाई बीमाको मुख्यालयको रूपमा पनि चिनिन्छ । ५९९ मिटर अर्थात १,९६५ फिट उचाइको यो भवन सन् २०१० मा सुरु भएर २०१७ मा निर्माण सम्पन्न भएको थियो ।

५. लोटे वर्ल्ड टावर, सियोल, दक्षिण कोरियाः 

यी हुन् विश्वका १० आलिशान भवनहरू

संसारको पाँचौ अग्लो संरचना लोटे वर्ल्ड टावर दक्षिण कोरियाको सियोलमा अवस्थित छ । ५५५ मिटर अर्थात १,८२१ फीट अग्लो यस टावरमा १२३ तलाहरू छन् । टावरभित्र सपिङ मल, लक्जरी होटल, विभिन्न कार्यालयका साथै मनोरञ्जनका लागि अन्य सुविधा पनि उपलब्ध छन्।

६. वन वर्ल्ड ट्रेड सेन्टर, न्यूयोर्क शहर, संयुक्त राज्य अमेरिका:

यी हुन् विश्वका १० आलिशान भवनहरू

‘वन वर्ल्ड ट्रेड सेन्टर’ विश्वको व्यापारिक केन्द्र न्यूयोर्क शहरको ट्विन टावर परिसरमा छ । ५४१ मिटर अर्थात १,७७६ फिट अग्लो भवनमा विभिन्न कार्यालयहरू, एउटा संग्रहालय, र एक अवलोकन डेस्क छन् । 

७. गुआन्झाउ सीटीएफ फाइनान्स सेन्टर, गुआन्झाउ, चीनः 

यी हुन् विश्वका १० आलिशान भवनहरू

गुआन्झाउ सीटीएफ फाइनान्स सेन्टर चीनको गुआन्झाउ शहरमा अवस्थित छ । ५३० मीटर अर्थात् १,७३९ फिट अग्लो यस स्काइलाइनमा सपिङ मल, लक्जरी होटल, विभिन्न कार्यालयका साथै मनोरञ्जनका लागि अन्य सुविधा पनि उपलब्ध छन् । सन् २०१६ मा निर्माण सम्पन्न भएको यो भवन गुआन्झाउको पहिलो, चीनको तेस्रो, विश्वको सातौं अग्लो भवन हो ।

८. टियांजिन सीटीएफ फाइनान्स सेन्टर, टियानजिन, चीन: 

यी हुन् विश्वका १० आलिशान भवनहरू

तियान्जिन सीटीएफ फाइनान्स सेन्टर चीनको टियांजिनमा छ । ५३० मिटर अर्थात १,७४० फिट अग्लो यो भवन संसारको आठौं अग्लो भवन हो । २०१९ मा निर्माण सम्पन्न यस भवनमा कार्यालय, होटल र अन्य सुविधाहरू छन् ।

९. CITIC टावर, बेइजिङ, चीनः 

यी हुन् विश्वका १० आलिशान भवनहरू

चीनको बेइजिङमा अवस्थित CITIC टावर ५२८ मिटर अर्थात १,७३२ फिट अग्लो छ । सन् २०१८ मा निर्माण सम्पन्न यस भवनमा कार्यालयहरू, लक्जरी होटलहरू र खुद्रा ठाउँहरू समावेश छन् । यसको डिजाइनले प्राचीन चिनियाँ कलाकृतिहरूको झल्को दिन्छ ।

१०. ताइपेई १०१, ताइवानः  

यी हुन् विश्वका १० आलिशान भवनहरू

कुुनै समय ताइपेई संसारको सबैभन्दा अग्लो भवन थियो । ५०८ मीटर अर्थात् १,६६७ फिट अग्लो यो संरचना सन् ११९७ मा निर्माण भएको हो । ताइपेईमा परम्परागत एसियाली डिजाइनसहितका आवासिय स्पेश, अफिस तथा सपिङ मलहरू रहेका छन् ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It