News

०८० सालमा कहाँबाट भयो सबैभन्दा धेरै घरजग्गा कारोबार ?

By BabinaApril 18, 20241 min read
०८० सालमा कहाँबाट भयो सबैभन्दा धेरै घरजग्गा कारोबार ?

काठमाडौं । २०८० सालमा घरजग्गा कारोबार सुधारात्मक देखिएको छ । भूमि सुधार तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा कारोबारमा क्रमिक सुधार देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार २०८० सालमा देशभरबाट कूल ५ लाख २२ हजार १ सय ८८ संख्यामा लिखत पारित भएको छ । जबकि २०७९ सालमा देशभरबाट ४ लाख ६५ हजार ३ सय ६ संख्यामा लिखत पारित भएको थियो । जुन गत वर्षको तुलनामा करिक ५७ हजारले बढि हो । 

देशभर जम्मा १ सय ३० वटा मालपोत कार्यलयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरी वर्षभरीमा २३ हजार ५ सय ४८ संख्यामा लिखत पारित भएको छ । 

यी हुन् २०८० मा धेरै कारोबार गर्ने ४ मालपोत कार्यालयहरूः

२०८० मा धेरै कारोबार गर्ने ४ मालपोत कार्यालयहरूलाई तालिकामा प्रस्तुत गर्दाः
महिना भू.मा.का इनरुवा, सुनसरी  मा.का बेलवारी, मोरङ भू.मा.का जनकपुरधाम, धनुषा भू.मा.का भद्रपुर, झापा
वैशाख  १,६५६ १,६५४ १,५२१ १,१३८
जेठ  २,४६० २,०८९ १,८७४ १,३३७
असार २,५४९ १,९२३ १,६५७ १,३३२
साउन २,२५७ १,६०९ १,३१७ १,५३४
भदौ १,८७१ १,३२१ १,४०९ १,३९९
असोज  १,९४१ १,४१९ १,७३८ १,५६३
कार्तिक  १,१८२ ७५५ १,१०७ १,०११
मंसिर  १,५७५ १,४११ १,५७९ १,५३५
पुष  १,९३७ १,६५० १,५२० १,७४३
माघ २,०३२ १,६८३ २,०९२ १,९००
फागुन  २,००६ १,६४३ १,९९७ १,८५०
चैत  २,०८२ १,७९९ १,८२३ १,८३५
कूल २३,५४८ १८,९५६ १९,६५२ १८,१७७

स्रोतः भूमि व्यवस्थापन तथा आलेख विभाग 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Property Sales StatisticsProperty Transaction Trendsreal estate transactionyearly TRANSCATION REPORT OF REAL ESTATE

You May Also Like

More stories from Basobaas