काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतलाई २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जसमा २१ अर्ब १८ करोड ८० लाख रुपैयाँको मुख्य ३६ वस्तु भारतमा निर्यात भएको छ ।
यस अवधिमा सबैभन्दा बढि ३ अर्ब ३६ करोड २५ लाख रुपैयाँको जस्तापाताको निर्यात भएको छ ।
नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको जस्तापाता भारततर्फ निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष जस्तापाताको निर्यात दोब्बरले बढेको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा नेपालले ७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ र आव २०७८/७९ मा २ अर्ब ८४ करोड १७ लाख रुपैयाँको निर्यात गरेको छ । उक्त तथ्याङ्कअनुसार चालु आवमा भारतमा जस्तापाताको निर्यात उच्च भएको देखिन्छ । त्यसबाहेक नेपालले ५ अर्ब ६ करोड १७ लाख रुपैयाँको अन्य वस्तु निर्यात गरेको छ ।
नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनियालगायतका देशमा निर्यात हुन्छन् ।
नेपालबाट तीन महिनाको अवधिमा भारत निर्यात भएका सामग्रीहरूः
| क्र.सं | निर्यात भएका सामग्रीहरू | निर्यात मूल्य (रूपैयाँमा) |
| १. | पोलिस्टर धागो | २ अर्ब ४६ करोड ७९ लाख |
| २. | जुस | २ अर्ब २९ करोड १० लाख |
| ३. | अलैंची | १ अर्ब ८९ करोड ८ लाख |
| ४. | पार्किकल बोर्ड | १ अर्ब ८७ करोड ६६ लाख |
| ५. | जुट | १ अर्ब ७३ करोड ७५ लाख |
| ६. | अदुवा | ३९ करोड २० लाख |
| ७. | जडीबुटी | १८ करोड ७९ लाख |
| ८. | आयुर्वेदिक औषधी | ६७ करोड ४१ लाख |
| ९. | टुथपेस्ट | १७ करोड ७० लाख |
| १०. | तरकारी | १५ करोड ८१ लाख |
| ११. | नुडल्स | २४ करोड ८४ लाख |
| १२. | रोजिन | २४ करोड ६४ लाख |
| १३. | आयल केक | ७३ करोड ४३ लाख |
| १४. | पाम तेल | १ अर्ब ३२ करोड ५४ लाख |
| १५. | चिया | १ अर्ब १० करोड ९८ लाख |
| १६. | चोकर | १९ करोड ३८ लाख |
| १७. | जुत्ताचप्पल | २२ करोड ६९ लाख |
| १८. | कपर वायर रड | २५ करोड १८ लाख |
| १९. | जीआई पाइप | १० करोड ५९ लाख |
| २०. | टेक्सटायल | ६७ करोड ११ लाख |
| २१. | थ्रेड | ५० करोड ५ लाख |
| २२. | तार | १२ करोड २१ लाख |
स्रोतः नेपाल राष्ट्र बैंकको तथ्यांक
आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई रू ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ३५.५ प्रतिशतले कमी आएको थियो । भारत तर्फ भएको निर्यातमा ९.४ प्रतिशतले कमि आएको छ । भने चीन र अन्य मूलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, अलैँची, पोलिस्टर धागो लगायत वस्तुको निर्यात बढेको छ । भने पाम तेल, सोयाबिन तेल, जुटका सामान, उनको गलैचा, रोजिन लगायत वस्तुको निर्यात घटेको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।