News

नेपालबाट तीन महिनामा २६ अर्ब भन्दा बढिको वस्तु निर्यात

By BabinaNovember 16, 20232 min read
नेपालबाट तीन महिनामा २६ अर्ब भन्दा बढिको वस्तु निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतलाई २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जसमा २१ अर्ब १८ करोड ८० लाख रुपैयाँको मुख्य ३६ वस्तु भारतमा निर्यात भएको छ ।

यस अवधिमा सबैभन्दा बढि ३ अर्ब ३६ करोड २५ लाख रुपैयाँको जस्तापाताको निर्यात भएको छ । 

नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको जस्तापाता भारततर्फ निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष जस्तापाताको निर्यात दोब्बरले बढेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालले ७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ र आव २०७८/७९ मा २ अर्ब ८४ करोड १७ लाख रुपैयाँको निर्यात गरेको छ । उक्त तथ्याङ्कअनुसार चालु आवमा भारतमा जस्तापाताको निर्यात उच्च भएको देखिन्छ । त्यसबाहेक नेपालले ५ अर्ब ६ करोड १७ लाख रुपैयाँको अन्य वस्तु निर्यात गरेको छ ।

नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनियालगायतका देशमा निर्यात हुन्छन् । 

नेपालबाट तीन महिनाको अवधिमा भारत निर्यात भएका सामग्रीहरूः 

क्र.सं  निर्यात भएका सामग्रीहरू  निर्यात मूल्य (रूपैयाँमा)
१. पोलिस्टर धागो २ अर्ब ४६ करोड ७९ लाख  
२. जुस २ अर्ब २९ करोड १० लाख 
३. अलैंची १ अर्ब ८९ करोड ८ लाख 
४. पार्किकल बोर्ड १ अर्ब ८७ करोड ६६ लाख 
५. जुट १ अर्ब ७३ करोड ७५ लाख 
६. अदुवा ३९ करोड २० लाख
७. जडीबुटी १८ करोड ७९ लाख
८. आयुर्वेदिक औषधी ६७ करोड ४१ लाख 
९. टुथपेस्ट १७ करोड ७० लाख
१०. तरकारी १५ करोड ८१ लाख
११. नुडल्स २४ करोड ८४ लाख
१२. रोजिन  २४ करोड ६४ लाख 
१३. आयल केक  ७३ करोड ४३ लाख 
१४. पाम तेल १ अर्ब ३२ करोड ५४ लाख 
१५. चिया  १ अर्ब १० करोड ९८ लाख 
१६. चोकर १९ करोड ३८ लाख 
१७. जुत्ताचप्पल २२ करोड ६९ लाख 
१८. कपर वायर रड २५ करोड १८ लाख 
१९. जीआई पाइप १० करोड ५९ लाख 
२०. टेक्सटायल ६७ करोड ११ लाख 
२१. थ्रेड ५० करोड ५ लाख 
२२. तार १२ करोड २१ लाख 

स्रोतः नेपाल राष्ट्र बैंकको तथ्यांक

आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई रू ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ३५.५ प्रतिशतले कमी आएको थियो । भारत तर्फ भएको निर्यातमा ९.४ प्रतिशतले कमि आएको छ । भने चीन र  अन्य मूलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, अलैँची, पोलिस्टर धागो लगायत वस्तुको निर्यात बढेको छ । भने पाम तेल, सोयाबिन तेल, जुटका सामान, उनको गलैचा, रोजिन  लगायत वस्तुको निर्यात घटेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

construction materialsExported materialsexports worthZinc Exported

You May Also Like

More stories from Basobaas