News

असोज १५ गते विश्व बसोबास दिवस मनाइने

By BabinaOctober 1, 20231 min read
असोज १५ गते विश्व बसोबास दिवस मनाइने

काठमाडौं । ‘समृद्धि एवं पुनर्लाभयुक्त शहरः उत्थानशील अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ सोमबार विश्व बसोबास दिवस मनाइने भएको छ । आइतबार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन मार्फत् १५ गते विश्व बसोबास दिवस मनाइने जानकारी दिएको हो ।

दिवसका अवसरमा सोमबार विभाग र युएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिने विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक सहसचिव दिलिप भण्डारीले जानकारी दिए ।

World Habitat Day
विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक सहसचिव दिलिप भण्डारी

अहिलेको परिस्थितिमा शहरलाई आर्थिक अवसरको केन्द्रको रुपमा विकास गरि आत्मनिर्भर शहरी विकासमा जोड दिन जरुरी रहेको भण्डारीले बताए । 

२०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशत मात्रै लगानी भएकाले निजी क्षेत्रको पनि सहभागिता आवश्यक रहेको बताए ।

ह्याबिट्याटले सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो शहरी विकास प्रर्वद्धनको मूल उद्देश्यप्रति विश्वको ध्यानाकर्षण गराउन सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइरहेको छ ।

World Habitat Day
विश्व बसोबास दिवसमा आयोजित पत्रकार सम्मेलन

यसै अनुरूप नेपालले पनि सन् २००१ देखि सरकारी निकाय, संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमको नेपाल स्थित कार्यालय र विभिन्न गैरसरकारी संघ संस्थाहरूसंगको सहकार्यमा उक्त दिवस मनाउँदै आइरहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

Press conferenceUN HabitatWorld Habitat DayWorld Habitat Day 2023

You May Also Like

More stories from Basobaas