News

कतारको विश्वकप मैदानमा हजारौं श्रमिकको जीवन मूल्य खोज्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यम

By BabinaNovember 22, 20222 min read
कतारको विश्वकप मैदानमा हजारौं श्रमिकको जीवन मूल्य खोज्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं । मंसिर ४ अर्थात नोभेम्बर २० बाट फुटबलको महाउत्सव सुरु भइसकेको छ । यससँगै रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाउने कामदारको विषयलाई अमेरिकन सञ्चारमाध्यमले प्रमुखता दिन थालेका छन् ।

विश्वकप सुरु हुनुअघि पनि फाट्टफुट्ट केही सञ्चारमाध्यमले यस विषयलाई कभर गरेका थिए तर सबैले यसमा ध्यान दिएको पाइएको थिएन ।

नोभेम्बर १८ मा अमेरिकी सञ्चारमाध्यम सीएनएन(CNN)ले निकै लामो विश्लेषणात्मक समाचार सामग्री प्रकाशन गर्यो । जसमा कतारले श्रमिकहरू शोषणबाट विश्वकपको रौनक डिजाइन गरेको आरोप लगाइएको थियो ।

विश्वकप चलिरहँदा कतारको निर्दयीपनको खण्डन गर्न थाले अन्तरराष्ट्रिय सञ्चारमाध्यम

रङ्गशाला निर्माणमा खटिएका आप्रवासी कामदारको श्रम शोषण गरेको र भनेअनुसारको तलब सुविधा नदिई उनीहरूलाई स्वदेश फर्काइएको, बिना कसुर थुनामा राखिएको र कतार जाँदा लागेको खर्च समेत उठाउन नपाउँदै बिचल्लीमा पारिएको लगायतका घटनाहरू सीएनएनले उजागर गरिदिएको छ ।

सीएनएनले विभिन्न समाचार स्रोतलाई उदृत गर्दै फुटबलको महाउत्सवमा यो रौनकपूर्ण अवस्था सिर्जना गर्न आप्रवासी कामदारले चुकाएको मूल्य विश्वकप हेर्ने सबै दर्शकले थाहा पाउनुपर्नेमा जोड दिएको छ ।

विश्वकप चलिरहँदा कतारको निर्दयीपनको खण्डन गर्न थाले अन्तरराष्ट्रिय सञ्चारमाध्यम

आप्रवासी कामदारमाथि गरिएको शोषणको बारेमा खेलाडी, आयोजक र प्रायोजक सबैले थाहा पाउनुपर्ने सीएनएनले जनाएको छ । विश्वकप फुटबल चलिरहेको रङ्गशाला निर्माणका क्रममा हजारौँले ज्यान गुमाएका छन् ।

कैयन परिवार बिचल्लीमा परेका छन्, कतिको अङ्गभङ्ग भएको छ भने कतिले तलबको सट्टा दीर्घरोगको बोझ लिएर घर फर्किनु परेको छ ।

यो पीडाबाट गुज्रन विवश आप्रवासी कामदारमा नेपाल लगायत दक्षिण एशियाली मुलुकका नागरिकहरू छन् । उनीहरूमाथि भएको अमानवीय व्यवहारका कारण अन्तराष्ट्रिय सञ्चारमाध्यमले लगातार कतारको खण्डन गरिरहेका छन् । 

विश्वकप चलिरहँदा कतारको निर्दयीपनको खण्डन गर्न थाले अन्तरराष्ट्रिय सञ्चारमाध्यम
कतारको रङ्गशाला निर्माणमा खटिएका आप्रवासी कामदार

अत्यधिक तापक्रममा जबर्जस्ती काम गराउँदा रोगको शिकार भएका र नाफा कमाउने उद्देश्यले ठेकेदारहरूले पानी समेत पिउन नदिई जबर्जस्ती श्रम गर्न बाध्य भएको पीडितहरूको व्यथालाई सञ्चारमाध्यमहरूले उजागर गरेका छन् ।

विश्वकप आयोजनाका लागि हजारौं श्रमिकहरूको जीवन चुकाएर कतारले रङ्गशाला निर्माण गरेको थाहा पाएपछि विश्वकपमा भागलिने केही खेलाडीहरूले समेत कतारको खण्डन गरेका थिए ।

पछिल्लो समय सीएनएनले पनि जबर्जस्ती घर फर्काइएका, काम गर्दागर्दै जीवन गुमाएका, प्रचण्ड गर्मीमा जबरजस्ती काम गर्न वाध्य पारिएका कामदारले पाउने न्यूनतम सुविधा नपाएका  सबै अप्रवासी कामदारहरूले क्षतिपूर्ति पाउनु पर्ने कुरामा जोड दिएको छ ।

कतारमा ४ लाख नेपाली कामदार छन् । कतारको रङ्गशाला निर्माणकै क्रममा २ हजार ७ सय ११ जना नेपालीले ज्यान गुमाएको दूतावासको तथ्यांकमा छ ।

रंगशालामा कार्यरत १० हजारभन्दा धेरै नेपाली कामदारहरू अंगभंग भएर स्वदेश फर्किएको पनि दूतावासले जनाएको छ ।

विश्वकप मैदान निर्माणका क्रममा शोषण र अन्यायमा परेका कामदारको कुनै लेखाजोखा सरकारसँग छैन । न त श्रमिकहरूको न्यायका लागि कुनै पहल चाल्ने सम्बन्धमा चासो नै देखाएको छ ।

CNNFootballMigrant workersworld cup 2022World Cup Football Stadium at Qatar

You May Also Like

More stories from Basobaas