Lifestyle

दशैँमा टीका छैन ? यसरी बनाउन सकिन्छ खास

Pinterest LinkedIn Tumblr

काठमाडौं । बडादशैँ; निधारमा रातो टीका, कानमा जमरा, भान्छामा मीठा परिकार र अनुहारमा खुशीले भरीभराउ हुन्छ । तर कतिपय परिवारमा भने केही कारणवश दशैंमा टीका लगाउन नमिल्ने हुनसक्छ । यस्तोमा दशैँको समयलाई टीका र जमरा बिनै विशेष बनाउन अन्य उपाय अपनाउन सकिन्छ । 

१. परिवारिक जमघटः

दशैँ साथीभाइ, इष्टमित्र भेटघाट गरि रमाइलो गर्ने समय पनि हो । दशैँ मान्न नमिल्नेहरूले पनि आफ्नो परिवारसँग मिठा मिठा परिकार बनाएर खादै रमाइलो गर्न सक्छन् । सपरिवार जम्मा भइ तास खेल्ने, नाचगान गरेर पनि दशैंलाई रमाइलो तरिकाले मनाउन सकिन्छ । 

२. सिनेमा हेर्ने

दशैँलाई लक्षित गरेर विभिन्न चलचित्रहरू प्रदर्शन भइरहेका हुन्छन् । यस वर्ष पनि दशैको अवसरमा थुप्रै नयाँ नेपाली तथा अन्य भाषाका चलचित्रहरू प्रदर्शन भइरहेका छन् । त्यसबाहेक घरमा सपरिवार हेर्न मिल्नेगरी टेलिभिजनहरूले पनि प्याकेज ल्याएका हुन्छ । सबैको रोजाइमा पर्ने खालका सिनेमा हेरेर पनि राम्रो समय बिताउन सकिन्छ ।

३. घुम्न जाने 

अन्य समयको तुलनामा दशैँको बेला लामो छुट्टी हुन्छ । त्यसो हुँदा परिवारसँग लामो तथा छोटो दूरीको यात्रा गर्न सकिन्छ । दशैँमा टीका नै भएपनि मन्दिर जाने, देवी देवताको आशीर्वाद लिने पिन गर्न सकिन्छ । साथै परिवारसँग पिकनिक जाँदा पनि पृथक अनुभव हुन सक्छ । 

४. हाइकिङ 

शरद ऋतुमा न धेरै जाडो नत धेरै गर्मी नै हुन्छ । यसोहुँदा दशैँको समय हाइकिङ जान निकै रमाइलो हुन्छ । प्रायजसो साथीभाइ सँग हाइकिङ जाने हुँदा पारिवारिक हाइकिङ कम रमाइलो हुँदैन । यो एउटा फरक अनुभवका लागि उपत्यका भित्र र उपत्यका बाहिर हाइकिङ जान मिल्ने ठाउँहरू छन् ।

५. पुस्तक पढ्ने 

पुस्तकका पारखीहरूका लागि दशैँको समय निकै लाभदायक हुन्छ । यो समयमा पुस्तक पढ्दा एकै बसाइमा चाहेजति पढ्न पाइन्छ । पुस्तकले बौद्धिक क्षमता वृद्धि हुनुका साथै तनावबाट पनि छुटकारा मिल्दछ । साथै  मुटुको गतिलाई पनि कम गर्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

६. रोकिएका कामहरू पुरा गर्ने 

चाडपर्वको रमाइलो गर्ने समय भएपनि रमाइलोसँगै आफ्नो रोकिएका र गर्न नभ्याइएका कामहरू गर्न सकिन्छ ।  यसबाहेक अहिलेको समय धेरै भर्चुअल कार्यक्रमहरू भइरहन्छन् । जसमा सामेल भएर नयाँ सीप सिक्न तथा क्षमता वृद्धि गर्न सकिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It