Market

काठमाडौंमा मेलम्चीको विकल्पः धाप ड्यामको पानी

Pinterest LinkedIn Tumblr

काठमाडौं । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्याम बाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो ।

मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो ।

बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको जनाइएको छ । 

उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो । 

मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खा मौसममा नौ  करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ । त्यसमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ ।

काठमाडौंमा दैनिक ४३ करोड खानेपानी माग छ। आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन । बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा उपत्यकामा खानेपानीको अभाव बढिरहेको छ ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको ड्याममा क्षति पर्नुका साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आयोजना बन्द गरिएको जनाइएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It