News

अब घर किन्दा २ करोडसम्म ऋण पाइने

By BN EditorialSeptember 19, 20231 min read
अब घर किन्दा २ करोडसम्म ऋण पाइने

काठमाडौं । घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म आवासीय घर कर्जा लिन सकिने भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर तथा आवासीय कर्जाको सीमा बढाएसँगै केन्द्रीय बैंकले सोको व्यवस्थापनमा ध्यान दिएको छ । यससँगै आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिले २ करोड रुपैयाँसम्म आवासीय घर कर्जा लिन सकिने व्यवस्था गरेको छ ।

तर, यस्तो कर्जा प्रवाहमा गर्दा बैंक तथा वित्तीय संस्थाले ऋणीले राख्ने धितोको अधिकतम ७० प्रतिशत भन्दा बढी ऋण प्रवाह गर्न नहुने बताएको छ ।

‘तीन हजार वर्गफिटसम्मको घर निर्माण/खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्न सक्छन्’ राष्ट्र बैंक द्वारा जारी सूचना भनिएको छ, ‘तर यस्तो कर्जामा ब्याज वृद्धि भएमा बैंक तथा वित्तीय संस्थाले मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्दछ ।’

केन्द्रीय बैंकको व्यवस्था अनुसार ऋणीले २ करोड कर्जा थाम्ने गरी धितो राख्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले ऋणीको अधिकतम धितोको ७० प्रतिशत मात्र कर्जा प्रवाह गर्नुपर्नेछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Central BankHousing loanNepal Rashtra BankResidential Home Loans

You May Also Like

More stories from Basobaas