News

सहकारीको कर्तुतः १५ लाख असुल्न ७ करोडको घरजग्गा कब्जा

By BabinaNovember 2, 20231 min read
सहकारीको कर्तुतः १५ लाख असुल्न ७ करोडको घरजग्गा कब्जा

काठमाडौं । युनाइटेड बचत तथा ऋण सहकारीले १५ लाखको ऋण दिई करोडौं मूल्यको घर तथा जग्गा कब्जा गरेको पाइएको छ । एक पत्रकार सम्मेलनका बीच सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको ७ करोड मूल्य बराबरको घर तथा जग्गा कब्जा गरेको खुलासा भएको हो । 

पुनले एक दशकभन्दा लामो समय जापानमा श्रम गरेर काठमाडौंको बालाजुमा घर तथा जग्गा किनेका थिए । सो सम्पत्ति अदालत, मालपोत, वडा कार्यालय र वकिलहरूसँगको मिलेमतोमा सहकारीले घर लिलाम गरेको पीडित पुनको आरोप छ । 

आफू वैदेशिक रोजगारको क्रममा २०६१ सालमा सहोदर भाइ पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घरजग्गा किर्ते हस्ताक्षर र ल्याप्चे गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ । घरलाई दृष्टिबन्दक राखेर भाइ पञ्च, निरञ्जन प्रसाद शर्मा र दिपेन्द्र उप्रेतीले ५/५ लाख बाँडेको जिल्ला अदालत काठमाडौंले पुष्टि गरिसकेको छ । 

United Cooperatives२०६३ सालमा सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरी सहकारीमा राखेको थाहा पाएपछि सोधिखोजी गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न बाँकी भनी घरमा पत्र पठाएको पीडितको भनाइ छ । 

आफूले ऋण नलिएको र भाइले किर्ते गरेको भन्दा सहकारीले नमानेपछि न्यायको लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा लडेका थिए । 

करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भई पीडितको पक्षमा फैसला सुनाइएको थियो । तर पुनः सहकारीले त्यसविरुद्ध उच्च अदालत गई मिलेमतोमा मुद्दा उल्ट्याएको पीडितको आरोप छ । सो विरुद्ध पीडितले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर सर्वोच्चले किर्ते तथा ठगी कुनै नभएको भन्दै लेनदेन मार्फत मिलापत्र गर्न पुनः जिल्ला अदालत फर्काएको पीडितको भनाइ छ । 

१८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्‍याएको पीडितको भनाइ छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

District CourtPossession of house and landPress conferencesupreme courtUnited Savings and Loan Cooperative

You May Also Like

More stories from Basobaas