News

चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने

By BN EditorialAugust 22, 20231 min read
चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने

काठमाडौं । चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कलंकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो ।

कलंकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ ।

विभागकाअनुसार यसअघि चक्रपथको सो खण्डलाई कोटेश्वर–कलङ्की जस्तै विस्तार मात्र गर्ने सहमति भए पनि बढ्दै गएको सवारी चाप तथा मानवीय आवागमनलाई ध्यानमा राख्दै ‘अन्डरपास’ समेत निर्माण गरिदिन प्रस्ताव गरिएकोमा चिनियाँ पक्षले त्यसमा सहमति जनाएको हो ।

केही दिनअघि नेपालका लागि चीनका राजदूतलगायतको टोलीले ‘अन्डरपास’ निर्माण गरिने ठाउँको अवलोकन गरिसकेको छ । त्यसपछि सो कार्यका लागि नेपाल र चीनबीच सो सहमति भएको हो ।

चक्रपथ विस्तारका लागि अहिले चिनियाँ पक्षले ‘अन्डरपास’ सहितको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिरहेको छ । बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिर सार्ने तर स्वयम्भू क्षेत्रका संरचना नभत्काउने गरी नयाँ ‘डिपिआर’ तयार गर्ने सहमति भएको छ ।

यसअघि चीनले चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलङ्की १०.३९ किमी) आठ लेनमा विस्तार गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Ring Roadring road constructionUnderpass helpfull for traffic managementunderpass in ring road

You May Also Like

More stories from Basobaas