काठमाडौं । भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेका हुन् ।
चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापको चार घर पहिरोको उच्च जोखिममा परेका छन् । ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका छ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ ।
ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पहिरोको जोखिममा परेको छ । पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोलीनै खटाएको छ ।
चाँगुनारायण क्षेत्रमा नीलबाराही हाउजिङका सुरक्षित र सुविधासम्पन्न घरहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नगर क्षेत्रमा पहिरोको जोखिममा परेका घरको विवरण सङ्कलन भइरहेको र स्थानीय तहबाट सूचना प्राप्त हुनासाथ नगरपालिकाले प्राविधिकसहितको विपद् व्यवस्थापन टोली खटाउने काम भइरहेको छ ।
विपद् व्यवस्थापन टोलीले पहिरो निरीक्षण गरी सडक तथा घर बस्ती जोगाउन आवश्यक पहल तत्कालै सुरु गर्नेछ ।
विपद् रोकथाम अन्तर्गत पूर्वतयारीका लागि रु ६५ लाख ५० हजार, विपद् व्यवस्थापनका लागि रु तीन करोड ६५ लाख ५० हजार र नगरपालिकासँगको समन्वयमा आइसेट नेपालले रु ३६ लाखको कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका र वडामा विपद् व्यवस्थापन समिति गठन तथा विपद्सम्बन्धी अभिमुखिकरण, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनासम्बन्धी कार्यशाला सम्पन्न भइसकेको छ ।
नगरपालिकाका विपद् व्यवस्थापन समितिका अनुसार समुदायमै उद्धारकर्ता टोलीको तयारी गर्ने, नगर प्रमुखको उद्देश्य अनुसार विपद् जोखिम नक्साङ्कन तथा विश्लेषण गर्ने काम भइरहेको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।