Market

त्रिविको जग्गा तथा सम्पत्ति खोजी गर्न खोजबिन समितिले थाल्यो काम 

Pinterest LinkedIn Tumblr

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा सम्पत्ति खोजी गर्न बनेको समितिले काम थालेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याएर काम थालेको हो । 

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भए समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । 

समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । 

समितिको सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा.डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी छन् । समितिलाई तीन महिनाको समय दिइएको छ । रासस

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It