काठमाडौं । आर्थिक वर्ष ०७९/८० घरजग्गा कारोबारका लागि खासै राम्रो रहेन । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव, उच्च ब्याज तथा घरजग्गा कारोबारमा कडाइ गर्ने नीति कारण कारोबार निराशाजनक रह्यो ।
गत आर्थिक वर्ष २०७९/८० मा देशभरका मालपोत कार्यालयबाट ४ लाख ६३ हजार वटा घरजग्गा कारोबार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ३ लाखले कम हो । आर्थिक वर्ष २०७८/७९ मा देशभरका मालपोत कार्यालयबाट ७ लाख ४५ हजार १ सय १९ वटा किनबेच भएका थिए ।
देशभर १२६ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरी इनरुवाबाट भएको छ । मालपोत कार्यालय इनरुवाबाट १९ हजार ९९४ वटा घरजग्गा कारोबार भएको छ ।
यी हुन् आर्थिक वर्ष २०७९/८० मा धेरै कारोबार गर्ने मालपोत कार्यालयहरू
क्र. सं | मालपोत कार्यालय | कारोबार भएको संख्या |
१. | भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी, इनरुवा | १९ हजार ९ सय ९४ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँके | १७ हजार ५ सय ६४ |
३. | मालपोत कार्यालय बेलवारी, मोरङ | १६ हजार ४ सय ४९ |
४. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १६ हजार १ सय १६ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १२ हजार ८ सय ६७ |
६. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १२ हजार ५ सय १८ |
७. | भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तु | ११ हजार ३ सय ३८ |
८. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | १० हजार ९ सय ७४ |
९. | भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ | १० हजार ७ सय ५३ |
१०. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | १० हजार ७ सय १३ |
स्रोतः भूमि व्यवस्थापन तथा आलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्