News

दानमा पाएको जग्गाको भुक्तानी दिने तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । सोलुखुम्बुमा दानमा पाएको जग्गालाई खरिद गरेको भन्दै रकम भुक्तानी दिएको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आरोपितमा लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा राजेन्द्र भण्डारीसँगै वडा नं २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालीन लेखापाल जीवन सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नं २ को भवन निर्माणका लागि दानपत्र मार्फत निःशुल्क जग्गा प्राप्त भएको थियो ।

तर सो जग्गा खरिद गरिएको भन्दै ६ लाख रुपैयाँ भुक्तानी दिलाउन उनीहरूको भूमिका देखिएको अख्तियारले जनाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It