News

बहाल सम्झौतासहित ९० दिनभित्र कर बुझाउन महानगरको आग्रह

By BabinaFebruary 21, 20231 min read
बहाल सम्झौतासहित ९० दिनभित्र कर बुझाउन महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र घरजग्गा बहालमा लगाएका घरधनीलाई ९० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । गत बिहिबार एक सूचना जारी गर्दै महानगरले बहाल सम्झौतासहित कर बुझाउन ९० दिनको समयसीमा  दिएको हो ।

‘घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा ९ बमोजिम यो सुचना प्रकशित भएको मितिले ९० दिन भित्र घर जग्गा बहाल कर दाताले आफ्नो वडा कार्यलयमा बहाल लिने र दिने बिचको सम्झौता सहित बहाल कर रकम बुझाउन अनुरोध गरेको छ’  सुचना भनिएको छ

महानगरपालिकाले हालै ‘घर बहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गर्दै आफ्नो क्षेत्रभित्र घरजग्गा, भवन वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनिवार्य घरबहाल सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । 

निर्देशिकाको दफा ९ मा भनिएको छ, ‘यो निर्देशिका प्रारम्भ हुनु अगावै घर बहालमा दिएका व्यक्तिहरूले यो निर्देशिका जारी भएको मितिले नब्बे दिनभित्र यस निर्देशिकाबमोजिम महानगरपालिकाले तोकेको ढाँचामा घर बहालसम्बन्धी विवरण सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।’ 

घरभाडा दिने तथा लिनेले सम्झौता गर्नुपर्ने  ‘घर बहाल सम्झौताको ढाँचा’ यस्तो छः

घरभाडा दिने तथा लिनेले सम्झौता गर्नुपर्ने  ‘घर बहाल सम्झौताको ढाँचा’ यस्तो छः

home rental taxKathmandu Metropolitan Municipalitytaxtax for rental property

You May Also Like

More stories from Basobaas