काठमाडौं । बलिवुड अभिनेता तथा लोकसभा सांसद सनी देओलको जुहूस्थित सनी भिलाको लिलाम नोटिस फिर्ता लिएको छ । सोमबार बैंक अफ बरोदाले प्राविधिक कारण देखाउँदै लिलामको सूचना फिर्ता लिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार सूचना निकालेको २४ घण्टा नबित्दै बैंकले सनीको घर लिलाम हुनबाट रोकको छ । यस विषयमा कांग्रेस नेता जयराम रमेशले ट्वीटरमा लिलामी रोक्ने प्राविधिक कारण कहाँबाट आयो ? भनेर प्रश्न उठाएका छन् ।
आइतबार प्रकाशित सूचनामा सनीले २०२२ मा बैंकबाट ५६ करोड भारू ऋण लिएका थिए । तर अहिलेसम्म ऋण तिरेका छैनन् ।
ऋण तिर्न नसकेपछि बैंकले मुम्बईस्थित जुहूमा रहेको देओलको घर २५ अगस्टमा लिलामी हुने बताइएको थियो । यसमा सनीको जमानत उनका बुबा धर्मेन्द्र देओल छन् ।
सनी देओलको अफिशियल नाम अजय सिंह देओल हो । उनी सन् २०१९ मा पञ्जाबबाट कांग्रेसका नेता सुनिल जाखन्डलाई हराउँदै भाजपाका सांसद भएका थिए ।
यतिबेला सनी देओल अभिनीत फिल्म ‘गदर २’ प्रदर्शन भइरहेको छ । फिल्मले भारतीय बक्स अफिसमा १० दिनमा ३७५ करोड १० लाख भारू कमाएको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।