News

नेपालमा पहिलोपटक दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमा पहिलोपटक स्थानिक योजना प्लेटफर्म अर्थात ‘स्पेसियल प्लानिङ प्लेटफर्म’को पाँचौ संस्करणका लागि सम्मेलन हुने भएको छ । शहरी विकास मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलन जापान सरकार, भूमी, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र युएन ह्याबिट्याडसँगको सहकार्यमा हुन लागेको हो । 

एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने मूल नाराका साथ सम्मेलन माघ १९ र २० गते होटल हायात प्यालेस, सोल्टिमोडमा हुने लगेको शहरी विकास मन्त्रालयका सहसचिव प्रदिप परियारले बताए । 

सम्मेलनमा भुटान, बंगलादेश, कम्बोडिया, चिन, भारत, इन्डोनेसिया, जापान, मोजाम्बिक, मलेसिया, फिलिपिन्स, श्रीलंका, युगान्डा र भियतनामका उच्च स्तरीयका अधिकारी र विज्ञहरूको सहभागिता रहने छ ।

कार्यक्रमको समुद्घाटन शहरी विकास मन्त्रालयका मन्त्री विक्रम पाण्डेले गर्ने परियारले जानकारी दिए ।  

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो । जसले हरेक वर्ष यस विषय बहस, छलफल, अन्तरक्रिया तथा सम्मेलन गर्दै आइरहेको छ । यसैको निरन्तरतास्वरुप सम्मेलनका लागि यो वर्ष नेपाल छनोट भएको परियारले बताए । 

सम्मेलनको पहिलो दिनको प्रस्तुतिकरणलाई दुई प्राविधिक सत्रमा विभाजन गरिएको छ । पहिलो प्राविधिक सत्रमा राष्ट्रिय भूमि तथा शहरी व्यवस्थालाई सुदृढ पार्न विभिन्न देशहरूले अवलम्बन गरेका उपायहरूबारे प्रस्तुतिकरण हुनेछ । दोस्रो सत्रमा जलवायु परिवर्तन अनुकूलनका लागि स्थानीय योजना र क्षेत्रीय दृष्टिकोणको प्रस्तुतिकरण रहनेछ ।

त्यस्तै सम्मेलनको दोस्रो दिन पोस्टर प्रस्तुतिकरण, नेपालको क्षेत्रीय योजना र विकासको मार्ग चित्र सम्बन्धी नेपाल विशेष सत्र र केस स्टडीको प्रस्तुतीकरण हुनेछन् । 

सम्मेलनले दिगो सहरीकरणबारे ज्ञान वृद्धि एवं जलवायु परिवर्तनलाई आत्मसाथ गर्दै अनुकूल योजना तर्जुमा गर्नेछ । साथै एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It