Lifestyle

वास्तु अनुसार सोफा सेट कहाँ र कसरी राख्ने, यी हुन् ध्यान दिनुपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । वास्तुशास्त्रमा घरमा रहने हरेक सामग्रीका लागि निश्चित स्थान तोकिएको हुन्छ । त्यसैले राम्रो प्रभावका लागि हरेक वस्तुलाई उपयुक्त दिशामा स्थापित गर्नु आवश्यक हुन्छ । आज हामी हरेक बैठक कोठालाई शोभायमान बनाइराख्ने सोफाको उपयुक्त स्थानका बारेमा चर्चा गर्दैछौँ ।

वास्तुअनुसार सोफालाई दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यसरी राख्दा सोफामा बस्ने व्यक्तिको अनुहार पूर्व वा उत्तरतर्फ फर्केको हुनुपर्छ । यसबाहेक दक्षिण र पश्चिम दिशाको मध्य स्थान नैऋत्य कोणमा राख्न सकिन्छ । नैऋत्य कोण पृथ्वी तत्त्वको स्थान हो । 

यो दिशा नैऋत देवको आधिपत्यमा रहेको हुन्छ । यस दिशाका स्वामी राहु र केतु हुन् । यो ठाउँमा भारी र अग्लो सामान राख्नु राम्रो मानिन्छ । त्यसैले दिशामा दराज, सोफा, मेच जस्ता गरुङ्गा चिजहरू राख्नु पर्दछ । यसरी राख्दा राहु र केतु सन्तुलित स्थितिमा रहन्छन् । र घरको सुख-शान्ति निर्धारण गर्छ ।

sofa placement

यसबाहेक घरको मूलढोकालाई आधार मानेर सोफाको स्थान तय गर्न सकिन्छ । यदि घरको मूलढोका उत्तर दिशामा खुल्छ भने सोफा घरको दक्षिण वा पश्चिम दिशामा राख्न सकिन्छ । मूलढोका पश्चिम दिशामा खुल्छ भने सोफा दक्षिण-पश्चिम दिशामा राख्नाले शुभ फल प्राप्त हुन्छ । 

कस्तो सोफा कता राख्ने ?

यदि तीन सिट सोफा छ भने, तीन सिट पर्ने भागलाई दक्षिणतिर, एउटा भागलाई पश्चिम र अर्को भागलाई उत्तरतिर राख्नुपर्छ । यो सोफा राख्नको लागि उत्तम हो दिशा हो । साथै घरको मुखिया सधैँ ढोकातिर फर्केर बस्नु पर्छ ।

साथै, यदि ‘L’ आकारको सोफा छ भने एउटा भाग पश्चिम र अर्को दक्षिणतिर हुनुपर्छ । यसरी राख्दा सोफामा बस्ने व्यक्तिको अनुहार पूर्व वा उत्तर तर्फ फर्किएको हुनुपर्छ ।

sofa placement

सोफा राख्नको लागि अनुपयुक्त दिशाहरू

ईशान कोणलाई देवताहरूको दिशा मानिने भएकाले यो दिशामा सोफा राख्नु अशुभ मानिन्छ । दक्षिण-पूर्व दिशा अर्थात आग्नेय कोण पनि सोफाका लागि अनुपयुक्त दिशा हो । अग्नि देवताको यस दिशामा सोफा राख्नाले परिवारमा कलह र विवाद हुन सक्छ ।

त्यस्तै सोफा सेटको अगाडि झ्याल वा ढोका जस्ता कुनै पनि अवरोध हुनु हुँदैन । सोफा सेटको वरपर कुनैपनि देवीदेवताको मूर्ति वा तस्विर लगाउनु राम्रो मानिँदैन ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It