Market

योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई एकदेखि चार वर्षसम्म कैद सजाय

Pinterest LinkedIn Tumblr

काठमाडौं । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने आठ जनालाई एकदेखि चार वर्षसम्मको कैद सजायको फैसला गरेको छ । अदालतले घटनामा दोषी ठहर गरेको दुई जनालाई चार-चार वर्ष, दुई जनालाई दुई-दुई वर्ष र चार जनालाई एक-एक वर्ष कैद सजाय फैसला भएको हो । 

घटनामा संलग्न बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई चार-चार वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ ।

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई-दुई वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ । यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक-एक वर्ष कैद र जनही ३ करोड ८० लाख रुपैयाँ जरिवाना सुनाइएको छ । अदालतले असार ३० गते उनीहरूको सजाय निर्धारण गरेको हो । 

विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई सजाय निर्धारण गरेको हो । 

उनीहरूमाथि अमात्यको बारास्थित जग्गाको कीर्ते कागजात तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।

अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो । 

यसअघि फर्जी कागजातका आधारमा ऋण लिएर बैङ्किङ कारोबार गरेको भन्दै प्रहरीले मुक्तिनाथ गौतम, यशकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशल प्रधानलाई मुद्दा चलाउने राय दिएको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It