News

२ अर्ब स्वदेशी लगानीसहित नारायणी नदिमा सिग्नेचर पुल  बन्ने,

By BabinaFebruary 6, 20232 min read
२ अर्ब स्वदेशी लगानीसहित नारायणी नदिमा सिग्नेचर पुल  बन्ने,

काठमाडौं । नारायणी नदिमा नेपालकै नमुना पुल ‘सिग्नेचर ब्रिज’ बन्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको चितवन र नवलपरासीको गैंडाकोट जोड्ने सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि दोस्रोपटक ठेक्का आह्वान समेत भइसकेको छ । 

गत कात्तिक २ मा सडक विभागअन्तर्गतको पुल महाशाखाले पहिलोपटक सिग्नेचर पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । तर पुल निर्माणमा कुनै निर्माण कम्पनीले चासो नदेखाएपछि मंसिर २० मा पुनः ठेक्का आह्वान गरिएको थियो । 

दोस्रोपटक आह्वान गरेको ठेक्का प्रक्रियामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन कम्पनी सहभागी भएका छन् । दुवै निर्माण कम्पनी प्राविधिक रूपमा योग्य देखिए चैतसम्म ठेक्का सम्झौता हुनेछ । 

महाशाखाले आर्थिक प्रस्तावको ठेक्का आह्वान गर्न कम्तीमा दुईवटा निर्माण कम्पनी प्राविधिक रूपमा योग्य भएर प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर, नारायणीको सिग्नेचर पुल निर्माणका लागि दुईवटा कम्पनीले मात्रै आशयपत्र पेस गरेका कारण एउटा कम्पनी प्राविधिक रूपमा अयोग्य भए आर्थिक प्रस्ताव खोल्न पाइँदैन ।

त्यस्तो अवस्थामा महाशाखाले पुल निर्माणका लागि फेरि (तेस्रोपटक) ठेक्का आह्वान गर्नुपर्ने हुन्छ । तर, तुँदी र अनक कन्स्ट्रक्सन दुवै प्राविधिक रूपमा योग्य देखिए भने चैतसम्म ठेक्का सम्झौता हुनेछ । 

हाल पुल रहेको स्थान नजिकै सिग्नेचर पुल बनाउने महाशाखाको योजना भएपनि महाशाखाले हालसम्म पुल निर्माणका लागि निश्चित स्थान र पुलको लम्बाइ यकिन गरिसकेको छैन । हाल सञ्चालनमा रहेको पुलको लम्बाइ अनुसार ४ सय २० हुने अनुमान छ । 

नारायणीको सिग्नेचर पुल निर्माण लागत करिब २ अर्ब रूपैयाँ लाग्ने अनुमान छ । महाशाखाले अनुमान गरेको करिब २ अर्ब रुपैयाँ लागत निर्माण सम्झौता गर्ने समयमा घटबढ हुनसक्नेछ । 

दुई लेनमा निर्माण भएको पूर्व-पश्चिम राजमार्ग सरकारले ‘एसियन हाइवे’ का रूपमा विकास गर्न चार लेनमा विस्तार गर्दैछ। तर, त्यही राजमार्गमा बन्ने सिग्नेचर ब्रिज भने दुई लेनको बनाउने तयारीमा पुल महाशाखा देखिन्छ।

नेपाल सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको ब्रिज अत्याधुनिक प्रविधि सहितको आकर्षक एवम् कलात्मक हुनेछ । उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजना छ । चितवन र नवलपरासीको गैंडाकोट जोड्ने सिग्नेचर पुलले नारायणीको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटमा समेत पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । 

Model bridge of NepalSignature Bridgesignature bridge in Nepalsignature bridge to be construction at narayani riversignature bridge will be built on the Narayani river

You May Also Like

More stories from Basobaas