News

उपत्यका भित्र साढे ४ करोड मूल्य बराबरको घरजग्गा बेच्दै ‘ग्रीन भ्याली’

Pinterest LinkedIn Tumblr

काठमाडौं । ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्थाले गैरबैंकिङ सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारीले आफ्नो नाममा रहेको घरजग्गा र जग्गाले चर्चेको सम्पूर्ण संरचना बिक्री गर्ने भएको हो । 

सहकारीका अनुसार  काठमाडौं महानगरपालिका २६ स्थित कित्ता नम्बर ५५ को २८०.२५ क्षेत्रफल भएको  जग्गाको न्यूनतम मूल्य ४ करोड ५० लाख रुपैयाँ तोकिएको छ । उक्त गैरबैंकिङ सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाहरूले सात दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

उक्त गैरबैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाइएको छ । सहकारी संस्थाको केन्द्रिय कार्यालय बल्खु काठमाडौंमा प्राप्त बोलपत्रहरू बैशाख ५ गते खोलिने छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It