News

कर्णाली प्रदेशमा एक वर्षभित्र १ हजार साना सडक निर्माण गरिँदै 

Pinterest LinkedIn Tumblr

काठमाडौं । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ । प्रदेश सरकारले सबै नागरिकलाई सडकको पहुँचमा पुर्याउन कर्णालीका बस्तीमा सडक निर्माण गर्दैआएको छ । 

कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो । भौगोलिक हिसाबले सबैभन्दा ठूलो प्रदेश कर्णालीभरि यस वर्ष नयाँ र क्रमागत गरी करिब एक हजार सडक निर्माणका क्रममा छन् । 

प्रदेश सरकारले ३० लाख रुपैयाँ भन्दा कमका योजना नबनाउने निर्णय गरेपछि यस वर्ष विगतमा भन्दा धेरै ससाना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको मन्त्रालयले जनाएको छ । 

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले भौतिक पूर्वाधार सडक र पुल निर्माणमा गरी आठ अर्ब रुपैयाँ विनियोजन गरेको छ । भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव रहेको छ । 

दश जिल्लामध्ये सात जिल्लामा अहिले पनि निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता छ । दुई सय २१ दरबन्दी रहेको मन्त्रालयलमा हालसम्म प्राविधिकतर्फ ६० प्रतिशत जनशक्ति रिक्त छ । 

रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि लोकसेवा आयोगसँग माग गरिएको छ । दरबन्दीअनुसारका जनशक्ति नहुँदा सबैभन्दा धेरैजसो भौतिक पूर्वाधार निर्माणका काममा जनशक्तिको अभाव देखिएको छ । 

बर्सेनि सडक निर्माण भएपनि स्तरोन्नति हुन नसक्दा वातावरणमा प्रभाव परेको नागरिकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It