News

जग्गा विवादका कारण ४ महिनादेखि चक्रपथ निर्माण ठप्प,

Pinterest LinkedIn Tumblr

काठमाडौं । वीरेन्द्रनगरमा निमार्णाधीन चक्रपथको काम ४ महिनादेखि ठप्प छ । नगरपालिकामा जग्गाको विवाद देखिएपछि निर्माण ठप्प भएको हो । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बांगेसिमल जोड्ने गरी चक्रपथ निर्माणको काम थालिएको थियो । 

नगरपालिकाको वडा नं. ९, १०, ११ र २ मा निजी घरजग्गा परेका स्थानियले सडक निर्माणमा असन्तुष्टि जनाउँदा काम ठप्प भएको हो । 

हालसम्म चक्रपथ निर्माणको ६० प्रतिशत सम्पन्न भएको सडक डिभिजन कार्यालयका जनाएको छ । झन्डै २८ किलोमिटर सडकको ट्रयाक खोलिएको छ भने ग्राभेल पनि भएको छ । चक्रपथका लागि ३८ किलोमिटर सडकको काम गर्नुपर्ने छ । 

आर्थिक वर्ष २०७४/७५ मा चक्रपथ निर्माणका लागि पहिलो ठेक्का सम्झौता भएको थियो । प्रारम्भिक अवस्थामा चक्रपथ निर्माण सडक डिभिजन कार्यालय सुर्खेतको निगरानीमा रहेको थियो । ०७७ सालबाट सडक डिभिजन कार्यालयले काम हेरिरहेको छ । 

संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहतमा ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गरिरहेको छ भने निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको छ । 

हाल १३ करोड रुपैयाँ बजेटबाट निर्माण सम्झौता भएको छ । नगरपालिकाले विवाद समाधानको प्रयास गरे पनि सफलता हात पार्न सकेको छैन । 

केही समयअघि एक ठाउँको विवाद सुल्झाएको थियो । निजी जग्गा धेरै परेकाले जग्गाधनीसँग कुरा नमिल्दा समस्या भइरहेको भएपनि चालु आर्थिक वर्षभित्रै ट्र्याक खोल्ने काम गरिसक्ने नगरपालिकाको लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It