News

४ अर्ब लगानीमा दर्ता भएको टायल उद्योगमा ५१५ जनाले रोजगारी पाउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । गत वैशाख १७ गते कजारिया रमेश टायल लिमिटेड उद्योग विभागमा कम्पनी दर्ता भएको छ । वार्षिक ८० लाख वर्गमिटर फ्लोर र वाल टायल उत्पादन गर्ने लक्ष्यसहित  विभागमा दर्ता भएको हो । 

प्रसिद्ध व्यापारिक घराना रमेश कर्प र कजारिया सेरामिक्सको संयुक्त लगानीमा उद्योग सञ्चालन हुनेछ । जसका लागि दुवै पक्ष बीच सम्झौता भइसकेको छ । 

नवलपरासी जिल्लाको बर्दघाटमा स्थापना उद्योग विभागमा दर्ता भएअनुसार स्थापनाका लागि ४ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाइएको छ । 

कम्पनीकाअनुसार उद्योगबाट ५१५ जनाले रोजगारी पाउनेछन् ।

नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टायल उद्योग सञ्चालनमा आएसँगै टायल क्षेत्रमा आत्मनिर्भर हुने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It