News

घरजग्गाको मूल्य नघटेको हुँदा भ्रामक समाचारको पछि नलाग्न व्यवसायीको आग्रह 

By BabinaMarch 30, 20232 min read
घरजग्गाको मूल्य नघटेको हुँदा भ्रामक समाचारको पछि नलाग्न व्यवसायीको आग्रह 

काठमाडौं । तरलता अभाव, नयाँ भूउपयोग नियमावली र चर्को ब्याजदरको चपेटामा परेर लामो समयबाट घरजग्गा बजार सुस्ताएको छ । पछिल्लो समय विकास बैंकको मुद्दती निक्षेप र केही वाणिज्य बैंकको घर कर्जासम्बन्धी नयाँ ब्याजदरले बजारमा उत्साह थपेको छ ।  

आर्थिक मन्दीका बीचमा अकासिएको घरजग्गाको मूल्यले बजारलाई चलायमान बनाउन चुनौति बढाइरहेको छ । यतिबेला घरजग्गाको कारोबारलाई लिएर बाहिरिएका भ्रामक समाचारप्रति आफूहरूको ध्यानाकर्षण भएको घरजग्गा व्यवसायीहरू बताउँछन् ।  

हामीले केही रियलस्टेट कम्पनी सञ्चालकसँगको कुराकानी मार्फत समाचार र बजारको वास्तविकतामा तालमेल बुझ्ने प्रयत्न गरेका छौं । 

स्मार्ट डी स्टेटका संस्थापक प्रसन्न धरेल भन्छन् ‘ अहिले विश्वको अर्थतन्त्र धाराशयी बनेको छ । त्यसको प्रत्यक्ष प्रभाव घरजग्गा कारोबारमा परेको हो । तर क्रयास हुने अवस्था आएको होइन ।’  

भ्रामक समाचारमार्फत् केही व्यवसायीलाई बैंकहरूले ऋण तिर्न ताकेता गरेपछि संस्था तथा व्यक्तिको नाममा भएका जग्गाको मूल्य घटाएर बिक्री गर्न लागेका घटनालाई समग्र बजारको अवस्थितिसँग गाभ्न खोजिएको देखिन्छ । 

नेपालको अर्थतन्त्रको आधा भाग रेमिट्यान्सले नै ओगटेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा रहेकाहरूले पनि खासै राम्रो आम्दानी गरेर जग्गामा लगानी गर्न सकेका छैनन् । त्यसैले यो हाम्रो मात्र नभएर विश्वकै समस्या भएकाले क्रयास भएको भन्न नमिल्ने उनले बताए । 

धरेल भन्छन् ‘हिजोको दिनमा जग्गा बिक्रेताको कुरामात्रै चल्थ्यो भने आजको दिनमा किन्नेले पनि जग्गाको मोलमोलाइ गर्न पाएका छन् ।’ 

विगतमा बजारमूल्य भन्दा जग्गाको मूल्य बढाएर राख्नाले अहिले जग्गाको मूल्य घटेको जस्तो देखिएको हो । यद्यपि अहिलेको अवस्थामा जथाभावी मूल्य बढाउने प्रवृत्ति सन्तुलन भइरहेको धरेलले बताए ।  

एक अनलाइन पोर्टलले काठमाडौंका प्राइम मानिने ठाउँहरूमा रहेका ‘ब्लूचिप’ प्रपर्टीको मूल्यमा देखिएको अस्वभाविक गिरावटले समग्र घरजग्गा बजार नै ‘क्र्यास’ हुने अवस्थामा पुगेको उल्लेख गरेको छ । जसलाई कटाक्ष गर्दै पद्मा कोलोनीका मार्केटिङ हेड चाँदनी सिंह भन्छिन्, ‘अहिले बजार अबस्था असामान्य भएको छ, तर कारोबार नै क्र्यास भएको भने भन्न मिल्दैन ।’  

पद्मा कोलोनिको पाँचौं फेज र इटहरीको नयाँ प्रोजेक्ट लन्च गर्ने तयारीमा रहेको बताउँदै उनले कोलोनीका घरहरू बुकिङ भइरहेको जानकारी दिइन । उनका अनुसार मन्दीको समय भएकाले ग्राहकहरूले घटाएर खरिद गर्न खोजिरहेका छन् । तर क्रयास हुन लागेको छ भनेर पद्माको कुनै पनि बुकिङमा मूल्य घटाइएको छैन । 

यसरी हेर्दा पोर्टलले चयन गरेको शब्दावली नै अनुचित भएको देखिन्छ । कारोबारमा क्राइसिस अ्थात संकट आएको हो क्र्यास होइन । बैंकले लिलामीमा राखेको वा समस्या परेर केही घरजग्गा कम मूल्यमा बेचिएको हुँदा सर्वसाधारण भ्रामक समाचारको पछि नलागी सजग भएर कारोबार गर्न आवश्यक छ ।

Economic recessionproperty marketreal-estate update

You May Also Like

More stories from Basobaas