काठमाडौं । माघ महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घर जग्गा लिखत पारित भएको छ ।
पुसको तुलनामा माघमा घरजग्गा कारोबार करिब १२ प्रतिशतले बढेको हो । पुसमा भने ४५ हजार २ सय ७५ संख्यामा लिखत पारित भएको थियो ।
कहाँ कति भयो किनबेच ?
काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ६ सय ६७ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
भक्तपुरबाट ९ सय ९५ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै ललितपुरमा २ वटा मालपोत कार्यलय छन्ः भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल र मालपोत कार्यालय गोटीखेल ।
जसमध्ये लगनखेल मालपोत कार्यालयबाट ९ सय २७ संख्यामा घरजग्गा लिखत पारित भएको छ भने गोटीखेलबाट ३१ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यस्तै उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूभूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट भएको छ । धनुषाबाट माघमा २ हजार ९२ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
राजश्व संकलनः
कारोबार बढेसँगै घरजग्गा कारोबारबाट संकलन हुने राजश्वमा पनि वृद्धि भएको छ । माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २ सय ३१ रूपैयाँ राजश्व संकलन भएको छ । जुन पुषको तुलनामा करिब १७ करोड ५ लाख ३२ हजार ७०१ ले बढि हो ।
पुषमा घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५ सय ३० रूपैयाँ राजश्व संकलन भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
माघमा सरकारले सेवाकर बापत देशभरबाट कुल २२ करोड ५१ लाख १९ हजार ३ सय ४१ रूपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब २५ करोड ४ लाख २७ हजार ८१ रूपैयाँ संकलन गरेको छ ।
देशभरका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | सेवा कर | रजिष्ट्रेसन दस्तुर |
१. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | २,०९२ | ४२ लाख ८८ हजार १ सय ४९ | ३ करोड ९४ लाख ९२ हजार ६ सय २१ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | २,०३२ | ६४ लाख ७७ हजार ७ सय ४२ | ६ करोड ८८ लाख ९८ हजार ५ सय ३ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १,९०० | ४४ लाख १४ हजार ९८ | ३ करोड ७८ लाख ६८ हजार ३ सय ८८ |
४. | मालपोत कार्यालय बेलबारी, मोरङ | १,६८३ | ४५ लाख २४ हजार ९ सय २७ | ३ करोड ७८ लाख ५१ हजार ४ सय ३६ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १,४०० | १६ लाख ५४ हजार ६१ | १ करोड ८८ लाख २७ हजार १ सय ५६ |
६. | भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी | १,२९२ | १९ लाख ६० हजार ५ सय १४ | २ करोड २८ लाख ११ हजार ३ सय ९७ |
स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय
काठमाडौंका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | सेवा कर | रजिष्ट्रेसन दस्तुर |
१. | मालपोत कार्यालय कलङ्की, काठमाडौं | ६६७ | ८९ लाख ९१ हजार ३ सय २० | १३ करोड २६ लाख ५८ हजार ८ सय ७६ |
२. | मालपोत कार्यालय चाबहिल, | ४४७ | ८७ लाख ४२ हजार १ सय १ | १२ करोड २३ लाख ५९ हजार ७ सय ५१ |
३. | मालपोत कार्यालय साँखु, | ४०८ | १९ लाख ५२ हजार १ सय ७७ | ५ करोड १८ लाख ४२ हजार ५ सय ६२ |
४. | मालपोत कार्यालय मनमैजु, | ३०९ | ३० लाख ९७ हजार ३ सय ८८ | ४ करोड ७९ लाख ४७ हजार ४ सय २७ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, | २०५ | २ करोड २७ हजार ३ सय ४५ | ११ करोड ६९ लाख ८५ हजार ७७ |
६. | मालपोत कार्यालय टोखा, | १७६ | ४९ लाख ३७ हजार ३ सय ८३ | ३ करोड २७ लाख ५१ हजार २ सय ७ |
स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।