काठमाडौं । कार्तिक महिनाको घरजग्गा कारोबारमा गिरावट आएको छ । सरकारले भूउपयोग नियमावली-२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबार उत्साह नदेखिएको हो ।
कार्तिकमा ३३ हजार ५१४ मात्रै पारित भएको छ । गत वर्षको कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको थियो । कार्तिकमा कारोबार घटेसँगै राजस्व समेत गिरावट आएको छ ।
कार्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ मात्रै संकलन भएको छ । असोजमा संकलित राजस्व ३ अर्ब ८ करोड १२ लाख थियो ।
कहाँ, कति भयो किनबेच ?
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ६ सय ७७ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ९ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ५ सय ३६, कलंकीबाट ४ सय १४ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटाचा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ ।
सुनसरीबाट १२ सय ४६ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, सिर्दीवासबाट कुनै पनि लिखत पारित हुन सकेन ।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन् । कार्तिकमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै २४ करोड ५७ लाख ५४ हजार रुपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ ।
यस्तै, चावहिल मालपोतबाट २१ करोड ४२ लाख ४६ हजार, भक्तपुर मालपोतबाट १७ करोड ६९ लाख २३ हजार, कलंकी मालपोतबाट १७ करोड ८ लाख ४४ हजार र डिल्लिबजार मालपोत बाट १५ करोड ७७ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १२४६ | ७ करोड ८९ लाख ९० हजार ३ सय २ |
२. | मालपोत कार्यालय बेलवारी, मोरङ | १११२ | ४ करोड ८ लाख ५८ हजार ८ सय ९५ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १०२४ | ३ करोड ३३ लाख २१ हजार ५ सय २६ |
४. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १०२२ | २ करोड ५ लाख १ हजार ३ सय ५४ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | ९९८ | ३ करोड १८ लाख ८३ हजार ९ सय ७५ |
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | ६७७ | १७ करोड ६९ लाख २३ हजार ६ सय ४५ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ५३६ | २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ |
३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ४१४ | १७ करोड ८ लाख ४४ हजार ७ सय ५१ |
४. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ३३१ | २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२ |
५. | मालपोत कार्यालय साँखु, काठमाडौं | २८३ | ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२ |
६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | २०७ | ५ करोड ५० लाख ९३ हजार ६ सय ३२ |
७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | १४६ | १५ करोड ७७ लाख २० हजार ५ सय ४५ |
८. | मालपोत कार्यालय टोखा, काठमाडौं | १०६ | ३ करोड ५७ लाख २७ हजार ६ सय ६५ |
९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | ० | ४ लाख ६७ हजार ७ सय २० |
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।