काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा बढि घरजग्गाको कारोबार भएको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ संख्यामा घरजग्गाको लिखत पारित भएको छ, जुन पछिल्लो छ महिना यताकै उच्च हो ।
कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ६ सय ५९ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यस्तै उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ ।
सुनसरीबाट पुषमा १ हजार ९ सय ३७ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
राजश्व संकलनः
कारोबार बढेसँगै घरजग्गाबाट संकलन हुने राजश्वमा पनि वृद्धि भएको छ । पुस महिनामा जग्गाको कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५ सय ३० रूपैयाँ राजश्व संकलन भएको छ । जुन मंसिरको तुलनामा करिब ३४ करोड २ लाख २ हजार ५०९ ले बढि हो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
मंसिरमा सरकारले सेवाकर बापत देशभरबाट कुल २६ करोड २० लाख २६ हजार ७ सय ९० रूपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब १२ करोड १२ लाख ४९ हजार ५ सय ७७ रूपैयाँ संकलन गरेको छ ।
देशभरका मालपोत कार्यालयहरूले मंसिरमा पुँजीगत लाभकरबापत १ अर्ब १० करोड ९४ हजार ८२ रूपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २३ करोड ७ लाख ९६ हजार ८ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | सेवा कर | रजिष्ट्रेसन दस्तुर |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १,९३७ | १ करोड १० लाख ३७ हजार ७ सय ४८ रुपैयाँ | ६ करोड ९५ लाख ८७ हजार ७ सय ९६ रुपैयाँ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १,७४३ | ६० लाख ७१ हजार ८ सय ४५ रुपैयाँ | १३ लाख ८० हजार ५ सय ४७ रुपैयाँ |
३. | मालपोत कार्यालय बेलबारी, मोरङ | १,६५० | ४४ लाख ९ हजार ४ सय ६९ रुपैयाँ | ३ करोड ६३ लाख ३९ हजार ५ सय ७० रुपैयाँ |
४. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १,५२० | ३८ लाख १४ हजार ३ सय ६६ रुपैयाँ | २ करोड ९९ लाख ८८ हजार ९ सय ३७ रुपैयाँ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १२६० | १७ लाख ४८ हजार २९ रुपैयाँ | १ करोड ९९ लाख ६ हजार ८ सय ५४ रुपैयाँ |
स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय
काठमाडौंका मालपोत कार्यालयबाट संकलित राजश्वः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | सेवा कर | रजिष्ट्रेसन दस्तुर |
१. | मालपोत कार्यालय कलङ्की, काठमाडौं | ६५० | १ करोड २६ लाख २६ हजार ८ सय ५० रुपैयाँ | १२ करोड ८९ लाख ३० हजार ५ सय १९ रुपैयाँ |
२. | मालपोत कार्यालय चाबहिल, काठमाडौं | ४०७ | १ करोड १० लाख ३५ हजार ९ सय ८४ रुपैयाँ | १४ करोड ५९ लाख ८९ हजार ८ सय ४१ रुपैयाँ |
३. | मालपोत कार्यालय साँखु, काठमाडौं | ४०७ | २९ लाख ७ हजार १२ रुपैयाँ | ५ करोड ४३ लाख १६ हजार १ सय ३८ रुपैयाँ |
४. | मालपोत कार्यालय टोखा, काठमाडौं | १३७ | २५ लाख ६७ हजार ४ सय रुपैयाँ | ३ करोड २९ लाख ९२ हजार ४६ रुपैयाँ |
५. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | – | ३७ लाख ४४ हजार ४९ रुपैयाँ | ३ करोड ८० लाख ८८ हजार ६ सय १३ रुपैयाँ |
स्रोतः भूमिसुधार तथा मालपोत कार्यालय