काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर देखिएको हो ।
फागुनमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको छ । त्यस्तै गत वर्षको फागुनमा ५० हजार ९ सय ९८ संख्यामा घर जग्गा लिखत पारित भएको थियो ।
कारोबारमा गिरावट देखिएपनि सरकारले फागुनमा घरजग्गाबाट ४ अर्ब १२ करोड ३१ हजार ७४ रूपैयाँ संकलन गरेको छ । जबकि माघमा घरजग्गाबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६ सय ४७ रूपैयाँ संकलन गरेको थियो ।
गत आर्थिक वर्षको फागुनमा संकलित राजस्व ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रूपैयाँ थियो ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ९ सय ८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २३ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ८ सय ४०, कलंकीबाट ६ सय २१ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १८ सय ४७ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, मनाङबाट ४ वटा लिखत पारित भएको छ ।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । फागुनमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ३८ करोड २८ लाख २ हजार ६ सय ८८ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, भक्तपुरबाट २५ करोड ८७ लाख २५ हजार ७ सय ९२, डिल्लिबजारबाट २५ करोड ८१ लाख ६७ हजार ९ सय ७८, कलंकीबाट २२ करोड ६० लाख ९९ हजार ६ सय ५४ र चाबहिलबाट २१ करोड ६८ लाख ५२ हजार ८ सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
| क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन (रुपैयाँमा) | 
| १. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १८४७ | १३ करोड ७ लाख ६० हजार ७ सय ८ | 
| २. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १७१२ | ९ करोड ६२ लाख ७८ हजार ८ सय १२ | 
| ३. | मालपोत कार्यालय बेलवारी, मोरङ | १५७५ | ५ करोड ६६ लाख २२ हजार ५ सय २ | 
| ४. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १५४९ | ५ करोड ६३ लाख ३४ हजार ७ सय ८१ | 
| ५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | ११८७ | २ करोड ७५ लाख ७० हजार ७ सय २६ | 
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
| क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन | 
| १. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | ९०८ | २५ करोड ८७ लाख २५ हजार ७ सय ९२ | 
| २. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ८४० | ३८ करोड २८ लाख २ हजार ६ सय ८८ | 
| ३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ६२१ | २२ करोड ६० लाख ९९ हजार ६ सय ५४ | 
| ४. | मालपोत कार्यालय साँखु, काठमाडौं | ४६८ | १० करोड ४६ लाख ८३ हजार ८ सय ७९ | 
| ५. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ४६७ | २१ करोड ६८ लाख ५२ हजार ८ सय ५६ | 
| ६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | २५२ | ७ करोड ७९ लाख ९० हजार ८ सय ३८ | 
| ७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | १६० | २५ करोड ८१ लाख ६७ हजार ९ सय ७८ | 
| ८. | मालपोत कार्यालय टोखा, काठमाडौं | १५१ | ५ करोड ३२ लाख ५७ हजार ३ सय १७ | 
| ९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | २३ | ६ लाख ४८ हजार ८ सय ७२ | 
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
 
				
		 
			 
			 
			 
			 
			 
			 
			