News

फागुनमा घरजग्गा कारोबारबाट ४ अर्ब १२ करोड राजस्व संकलन 

By BabinaMarch 16, 20253 min read
फागुनमा घरजग्गा कारोबारबाट ४ अर्ब १२ करोड राजस्व संकलन 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर देखिएको हो ।

फागुनमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको छ । त्यस्तै गत वर्षको फागुनमा ५० हजार ९ सय ९८ संख्यामा घर जग्गा लिखत पारित भएको थियो । 

कारोबारमा गिरावट देखिएपनि सरकारले फागुनमा घरजग्गाबाट ४ अर्ब १२ करोड ३१ हजार ७४ रूपैयाँ संकलन गरेको छ । जबकि  माघमा घरजग्गाबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६ सय ४७ रूपैयाँ संकलन गरेको थियो । 

गत आर्थिक वर्षको फागुनमा संकलित राजस्व ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रूपैयाँ थियो । 

उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट ९ सय ८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २३ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ८ सय ४०, कलंकीबाट ६ सय २१ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १८ सय ४७ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, मनाङबाट ४ वटा लिखत पारित भएको छ ।

राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । फागुनमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ३८ करोड २८ लाख २ हजार ६ सय ८८ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।

यस्तै, भक्तपुरबाट २५ करोड ८७ लाख २५ हजार ७ सय ९२, डिल्लिबजारबाट २५ करोड ८१ लाख ६७ हजार ९ सय ७८, कलंकीबाट २२ करोड ६० लाख ९९ हजार ६ सय ५४ र चाबहिलबाट २१ करोड ६८ लाख ५२ हजार ८ सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।

उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः

क्र.सं

मालपोत कार्यालय 

लिखत पारित

राजस्व संकलन (रुपैयाँमा)

१.

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी

१८४७

१३ करोड ७ लाख ६० हजार ७ सय ८ 

२.

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा

१७१२

९ करोड ६२ लाख ७८ हजार ८ सय १२  

३.

मालपोत कार्यालय बेलवारी, मोरङ

१५७५

५ करोड ६६ लाख २२ हजार ५ सय २ 

४.

भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा

१५४९

५ करोड ६३ लाख ३४ हजार ७ सय ८१

५.

भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी

११८७

२ करोड ७५ लाख ७० हजार ७ सय २६ 

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः

क्र.सं

मालपोत कार्यालय 

लिखत पारित

राजस्व संकलन

१.

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर

९०८

२५ करोड ८७ लाख २५ हजार ७ सय ९२

२.

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर

८४०

३८ करोड २८ लाख २ हजार ६ सय ८८ 

३.

मालपोत कार्यालय कलंकी, काठमाडौं 

६२१

२२ करोड ६० लाख ९९ हजार ६ सय ५४

४.

मालपोत कार्यालय साँखु, काठमाडौं 

४६८

१० करोड ४६ लाख ८३ हजार ८ सय ७९

५.

मालपोत कार्यालय चावहिल, काठमाडौं

४६७

२१ करोड ६८ लाख ५२ हजार ८ सय ५६

६.

मालपोत कार्यालय मनमैजु, काठमाडौं 

२५२

७ करोड ७९ लाख ९० हजार ८ सय ३८

७.

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं 

१६०

२५ करोड ८१ लाख ६७ हजार ९ सय ७८

८.

मालपोत कार्यालय टोखा, काठमाडौं

१५१

५ करोड ३२ लाख ५७ हजार ३ सय १७

९.

मालपोत कार्यालय गोटीखेल, ललितपुर

२३

६ लाख ४८ हजार ८ सय ७२

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Falgunghar jagga karobarreal estate transactionrevenue collection

You May Also Like

More stories from Basobaas