Market

वर्षको सुरुवातमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब ५५ करोड राजस्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार बैशाखमा ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब २६ सयले बढि हो ।

चैतमा देशभरबाट ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको बैशाखमा भने ४९ हजार ७ सय ८२ घरजग्गाको लिखत पारित भएको थियो ।

कारोबारमा वृद्धि भएसँगै बैशाखमा घरजग्गाबाट ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार ६ सय ३७ रूपैयाँ संकलन गरेको छ । जबकि चैतमा ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार ८ सय ६७ रूपैयाँ संकलन गरेको थियो । 

गत आर्थिक वर्षको बैशाखमा संकलित राजस्व ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार २ सय ६६ रूपैयाँ थियो । 

उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट ८ सय ८४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट १५ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ८ सय ६१, कलंकीबाट ६ सय ७२ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट २ हजार ३५ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिर्दिवासबाट ४ वटा लिखत पारित भएको छ ।

क्र.सं मालपोत कार्यालय  लिखत पारित राजस्व संकलन (रुपैयाँमा)
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २०३५ ११ करोड ६५ लाख ४४ हजार १ सय ५७
२. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १७६० ६ करोड ६१ लाख ४८ हजार ७ सय १८
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १७११ ६ करोड ४ लाख ३ हजार ३ सय २
४. मालपोत कार्यालय बेलवारी, मोरङ १७०१ ६ करोड ८० लाख ६३ हजार ६ सय २५
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १५१६ ३ करोड १४ लाख ४८ हजार ६ सय ८६
राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । वैशाखमा लगनखेल मालपोतले सबैभन्दा धेरै ३८ करोड ८३ लाख ५७ हजार ४ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।

यस्तै, डिल्लिबजारबाट ३५ करोड १७ लाख ७१ हजार ५ सय ४९; कलंकीबाट २८ करोड ९ लाख ६४ हजार ८ सय ९८;  चाबहिलबाट २८ करोड ८३ लाख ५९ हजार ४ सय ६८  र भक्तपुरबाट २७ करोड २९ लाख ८८ हजार २ सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ ।

क्र.सं मालपोत कार्यालय  लिखत पारित राजस्व संकलन
१. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर ८८४ २७ करोड २९ लाख ८८ हजार २ सय ३२
२. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ८६१ ३८ करोड ८३ लाख ५७ हजार ४ सय ३२
३. मालपोत कार्यालय कलंकी, काठमाडौं  ६७२ २८ करोड ९ लाख ६४ हजार ८ सय ९८
४. मालपोत कार्यालय साँखु, काठमाडौं  ४३७ ९ करोड ४३ लाख ५५ हजार ८०
५. मालपोत कार्यालय चावहिल, काठमाडौं ४८४ २८ करोड ८३ लाख ५९ हजार ४ सय ६८
६. मालपोत कार्यालय मनमैजु, काठमाडौं  २६२ ९ करोड १६ लाख २५ हजार २ सय ८
७. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं  २०२ ३५ करोड १७ लाख ७१ हजार ५ सय ४९
८. मालपोत कार्यालय टोखा, काठमाडौं १७० १० करोड ४३ लाख २१ हजार ६ सय ६०
९. मालपोत कार्यालय गोटीखेल, ललितपुर १५ २ लाख ७८ हजार ६ सय ३

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It