काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा घरजग्गा कारोबारमा गिरावट देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार कारोबार घटेसँगै राजश्व संकलनमा पनि कमि आएको छ ।
माघमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको छ । जुन गत पुषको तुलनामा करिब दुई हजारले कम हो । पुषमा ४८ हजार १५६ लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको माघमा ५० हजार ९ सय २१ संख्यामा घर जग्गा लिखत पारित भएको थियो ।
कारोबार सुस्ताएसँगै सरकारले माघमा घरजग्गाबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६ सय ४७ रूपैयाँ संकलन गरेको छ । जबकि पुषमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७ सय १६ संकलन भएको थियो । गत आर्थिक वर्षमा संकलित राजस्व ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २ सय ३१ रूपैयाँ थियो ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ९ सय ४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ७ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ८ सय ७८, कलंकीबाट ५ सय ९७ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १७ सय ४ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, सिर्दिवास, मनाङ र मुस्ताङबाट ५/५ वटा लिखत पारित भएको छ ।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । पुसमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ४० करोड ९४ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, भक्तपुरबाट २९ करोड ७६ लाख १३ हजार २ सय ७१, चाबहिलबाट २२ करोड ९३ लाख ८० हजार ३ सय ६७,
कलंकीबाट २१ करोड ९३ लाख ७१ हजार ७ सय ९२, र डिल्लिबजारबाट २१ करोड ९० लाख ९९ हजार ६ सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १७०४ | ८ करोड ८७ लाख ६७ हजार ५४ |
२. | मालपोत कार्यालय बेलवारी, मोरङ | १५०१ | ५ करोड ६३ लाख ७६ हजार ९ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १५७० | ६ करोड ६५ लाख ७० हजार ६ सय ३३ |
४. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १५०३ | ४ करोड ५९ लाख ७५ हजार १ सय ७८ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १२१८ | २ करोड ६० लाख २० हजार ४ सय ३० |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | ९०४ | २४ करोड ४२ लाख ६ हजार ४ सय १८ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ८७८ | ३३ करोड ७४ लाख ४० हजार ६ सय ६७ रुपैयाँ |
३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ५९७ | २६ करोड ७४ हजार ८ सय ४४ |
४. | मालपोत कार्यालय साँखु, काठमाडौं | ४०३ | १० करोड २६ लाख ११ हजार ७ सय २३ |
५. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ४८० | २० करोड ७९ लाख ५१ हजार ४ सय २० |
६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | २४२ | ७ करोड ९ लाख ३० हजार ९ सय २९ |
७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | १९२ | २६ करोड ९२ लाख ४४ हजार ८ सय ७७ रुपैयाँ |
८. | मालपोत कार्यालय टोखा, काठमाडौं | १८७ | ८ करोड ३८ लाख ११ हजार १ सय २९ |
९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | ७ | २ लाख ४३ हजार ४ सय २५ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।