News

चैतमा झण्डै ५० हजार घरजग्गा कारोबार हुँदा ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन

By BabinaApril 15, 20244 min read
चैतमा झण्डै ५० हजार घरजग्गा कारोबार हुँदा ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं । वर्षको अन्त्य अर्थात गत चैतमा घरजग्गा कारोबारमा गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा घरजग्गाको कारोबार घटेको हो ।

चैतमा देशभरका मालपोत कार्यालयबाट ५० हजार २ सय ५२ वटा घरजग्गा किनबेच भएका छन् । जबकि फागुनमा ५० हजार ९ सय ९८ को संख्यामा घरजग्गा किनबेच भएका थिए । जुन चैतको तुलनामा ७ सय ४६ ले बढि हो । 

कहाँ, कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ ।

कलंकीबाट ७ सय ३१ संख्यामा घरजग्गा लिखत पारित भएको छ भने सबैभन्दा कम टोखा मालपोत कार्यलयबाट १ सय ५४ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, भक्तपुरबाट ९ सय ६९ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट १ हजार २ र मालपोत कार्यालय गोटीखेलबाट २३ वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट चैतमा २ हजार ८२ को संख्यामा घरजग्गा लिखत पारित भएको छ । भने सबैभन्दा कम मालपोत कार्यालय मुस्ताङबाट ५ वटा घरजग्गा लिखत पारित भएको छ । 

राजस्व संकलनको अवस्थाः

चैतमा घरजग्गा कारोबार स्थिर रहे पनि राजस्व भने थोरै वृद्धि भएको देखिएको छ । चैतमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८ सय १६ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन फागुनको तुलनामा ३५ करोड ५४ लाख ४५ हजार ७ सय ३५ रुपैयाँले बढि हो । 

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । 

चैतमा सरकारले सेवाकर बापत देशभरबाट कुल ३१ करोड ५२ लाख ५० हजार ९ सय ८२ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ४९ करोड १७ लाख ९४ हजार ४ सय ९ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १ सय ४२ रुपैयाँ संकलन गरेको छ ।

चैतमा उपत्यकाका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् । 

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. मालपोत कार्यालय कलंकी, काठमाडौं ७३१ १ करोड ८५ लाख ९७ हजार ७३ रुपैयाँ १५ करोड ६२ लाख ५८ हजार ३ सय ३५ रुपैयाँ  १० करोड ३७ लाख ७ हजार ४ सय २९ रुपैयाँ
२. मालपोत कार्यालय चाबहिल, काठमाडौं ४९१ १ करोड ३८ लाख ८ हजार ८ सय ७६ रुपैयाँ १६ करोड १ लाख ४२ हजार ६ सय २४ रुपैयाँ ८ करोड ६० लाख ३८ हजार ७ सय ६२ रुपैयाँ
३. मालपोत कार्यालय साँखु, काठमाडौं ४४५ २५ लाख ८५ हजार ६ सय ३ रुपैयाँ ५ करोड २२ लाख ५२ हजार ९ सय ६३ रुपैयाँ २ करोड ९६ लाख २८ हजार ९ सय ४ रुपैयाँ
४.  मालपोत कार्यालय मनमैजु, काठमाडौं ३४९ ३४ लाख ३७ हजार ४ सय ८० रुपैयाँ ४ करोड ६५ लाख ४२ हजार ६ सय ६१ रुपैयाँ २ करोड ८७ लाख ८३ हजार ३ सय ८३ रुपैयाँ
५.  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं २०५ ३ करोड २ लाख ७२ हजार ७ सय १० रुपैयाँ १६ करोड २ लाख ६० हजार ९८ रुपैयाँ ७ करोड ८९ लाख ६२ हजार २ सय ८५ रुपैयाँ
६.  मालपोत कार्यालय टोखा, काठमाडौं १५४ २६ लाख ६४ हजार ७ सय ६० रुपैयाँ ५ करोड ३२ लाख १ हजार ८ सय ८५ रुपैयाँ ३ करोड ५४ लाख ९० हजार ४ सय १० रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यका बाहिरको कारोबारको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २०८२ ७४ लाख १० हजार ४ सय ८८ रुपैयाँ ७ करोड ९१ लाख ५३ हजार ५ सय ९३ रुपैयाँ ५ करोड ३५ लाख ८० हजार २२ रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १८३५ ७६ लाख ५८ हजार ३ सय ४९ रुपैयाँ ५ करोड ५४ लाख २४ हजार २ सय ३४ रुपैयाँ ४ करोड ६२ लाख २३ हजार २ सय ६९ रुपैयाँ
३. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १८२३ ४१ लाख ७० हजार ८ सय ५२ रुपैयाँ ३ करोड ४८ लाख १२ हजार ७ सय २५ रुपैयाँ १ करोड ५० लाख ७८ हजार ८ सय ८३ रुपैयाँ
४.  मालपोत कार्यालय बेलबारी, मोरङ १७९९ ४३ लाख ७६ हजार ८ सय ५४ रुपैयाँ ४ करोड ४१ लाख ३६ हजार ३ सय १० रुपैयाँ १ करोड ९१ लाख ६८ हजार ९ सय ५९ रुपैयाँ
५.  भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाही ११८२ १३ लाख ३६ हजार रुपैयाँ १ करोड ५७ हजार ७८ हजार २१ रुपैयाँ ४७ लाख ९४ हजार ७ सय १६ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोतहरूः
क्र. सं  मालपोत कार्यालय राजस्व संकलन 
१. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ३९ करोड ६२ लाख १७ हजार ४ सय ९० रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर २७ करोड ६७ लाख ६६ हजार ७ सय ५९ रुपैयाँ 
३. मालपोत कार्यालय कलंकी, काठमाडौं २५ करोड ७६ लाख ७३ हजार ८ सय १५ रुपैयाँ
४.  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं २४ करोड ५९ लाख ४६ हजार ९ सय ३७ रुपैयाँ
५.  मालपोत कार्यालय चाबहिल, काठमाडौं २३ करोड २१ लाख ८१ हजार २ सय ५५ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Monthly Property Sales Reportmonthly transcation report of real estateProperty Market OverviewProperty Sales StatisticsProperty Transaction TrendsReal Estate Market AnalysisReal Estate Market Update

You May Also Like

More stories from Basobaas