Financial

एक वर्षमा ५० अर्बले बढ्यो घरजग्गा कर्जा

Pinterest LinkedIn Tumblr

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा कुल ६ खर्ब ४५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये ३ खर्ब ८४ अर्ब ४१ करोड २० लाख रुपैयाँ व्यक्तिगत आवास शीर्षकमा र २ खर्ब ६० अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा रियलस्टेटमा प्रवाह भएको छ । जुन आर्थिक वर्ष २०७९/८० को तुलनामा ५० अर्ब १३ करोड रुपैयाँ बढी हो ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूबाट घरजग्गा क्षेत्रमा कुल ५ खर्ब ९५ अर्ब ४८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जसमध्ये व्यक्तिगत आवास शीर्षकमा ३ खर्ब ४९ अर्ब ३८ करोड ५० लाख र रियलस्टेटमा २ खर्ब ४६ अर्ब ९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूले मात्रै घरजग्गा क्षेत्रमा ५ खर्ब ३२ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सोही अवधिमा विकास बैंकहरूले ९० अर्ब ३५ करोड ५० लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरूले कुल २३ अर्ब २ करोड १० लाख रुपैयाँ कर्जा घरजग्गा क्षेत्रमा प्रवाह गरेका छन् ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It