News

राष्ट्र बैंकको चेतावनीः विदेशमा घरजग्गा किने कारबाही हुने  

By MenuqshJanuary 13, 20231 min read
राष्ट्र बैंकको चेतावनीः विदेशमा घरजग्गा किने कारबाही हुने  

काठमाडौं । देशमा बसेर विदेशमा कुनैपनि किसिमको लगानी गरे कारबाही हुने भएको छ । राष्ट्र बैंकले विदेशी एक सूचना जारी गर्दै नेपालमा बसोबास गर्ने कसैलाई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिने सम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो ।  

पछिल्लो समय नेपाली नागरिकले विदेशमा विभिन्न क्षेत्रमा लगानी गरेको समाचार र विवरण सार्वजनिक भएपछि विदेशमा पैसा नलैजान सुझाव दिइएको थियो । विदेशी विनिमय ऐन २०१९ को दफा १० ‘क’ ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले सूचना जारी गरेको छ । 

विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद तथा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने जस्ता पूँजीको कारोबार नगर्न चेतावनी दिइएको छ । राष्ट्र बैंकले यसबारे कुनै किसिमको प्रचार प्रसार नगर्न समेत आग्रह गरेको छ ।

राष्ट्र बैंकले तोकेको नियमबमोजिम बाहेक विदेशमा भुक्तानी सम्बन्धी कुनैपनि काम नगर्न सबैको ध्यानाकर्षण गराएको छ ।

सूचनामा उल्लेख भएअनुसार, विदेशमा लगानी हुनेगरि घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक) गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।’ विदेशी विनिमय ऐन २०१९ मा यससम्बन्धी व्यवस्था छ ।

Nepal Rashtra Bankreal-estate buying abroadrealestate

You May Also Like

More stories from Basobaas