News

अमेरिकी अर्थतन्त्रको मेरुदण्ड ‘घरजग्गा कारोबार’मा गिरावट

Pinterest LinkedIn Tumblr

काठमाडौं । संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्थालाई चलायमान राख्ने रियल स्टेट बजारमा गिरावट देखिन थालेको छ । अमेरिकी नेशनल एशोसिएसन अफ रियल्टर्स(एनएआर)ले निकालेको एक तथ्याङ्कमा अमेरिकाको घरजग्गा कारोबार घटेको देखिएको हो । 

एनएआरका अनुसार अमेरिकाको वार्षिक घर बिक्रीदर २.४ प्रतिशतले घटेर ४४ लाख ४० हजारमा झरेको छ । जुन गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतले कम हो ।

एनएआरका अनुसार हालको घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झरेको जनाइएको छ ।

एकवर्षसम्म लगातार ओह्रालो लागेको घरजग्गा बजार गत फेब्रुअरीमा उल्लेखनीय वृद्धि भएको थियो । तर २०२३ को मार्चमा कारोबार मूल्य ४.४४ मिलियनले घट्यो । 

कोभिड–१९ ले प्रभावित अर्थतन्त्रको असर अर्थव्यवस्थाको मेरुदण्ड मानिएको घरजग्गा बजारमा समेत देखिएको अमेरिकी अर्थशास्त्रीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It