News

धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध

Pinterest LinkedIn Tumblr

काठमाडौं । धादिङको धार्केस्थित गणेश खोलाको पुलमा पुनः जमिन भासिँदा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । धुनीबेँसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिए पछि राजमार्ग अवरूद्ध भएको हो । 

गत सोमबार वर्षाका कारण धुनीबेँसी नगरपालिकाको वडा नम्बर ६ स्थित धार्के तर्फको पुलको एकापट्टीको भाग भासिएको थियो । भासिएको पुलमा ग्याबिन जाली लगाएर बाटो १८ घण्टापछि एकतर्फि रूपमा खुला गरिएको थियो ।

आज पुनः ग्याबिन जाली लगाएको ठाउँमा खाल्डो परेपछि दुवैतर्फको सवारी आवागमन बन्द भएको छ । 

जमिन भासिएर अवरुद्ध बाटो दुवैतर्फ बाट खुलाउने पहल भइरहेको छ । तर अवरुद्ध सडक तत्काल खुलाउन सकिने अवस्था नभएकाले वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।

पृथ्वी राजमार्ग पुनः अवरुद्ध, वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध

प्रतिक्रिया दिनुहोस्
Pin It