Market

किन बन्द हुँदैछन् निर्माण सामग्रीका उद्योगहरू ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय निर्माण सामग्रीको खपत कम भइ सामान स्टक बस्न थालेको पाइएको छ । यससँगै सामग्रीको मूल्य घटाउँदा पनि व्यापार हुन छाडेपछि इँटा उद्योगहरू धमाधम बन्द हुन थालेका छन् ।

सरकारी विकास निर्माणका काम सुस्त हुनु र निजी आवास निर्माणको काम घटेकाले निर्माण सामग्रीको मूल्य घटेको हो । हाल बजारमा रडको मूल्य ७ देखि १० प्रतिशतसम्म घटेको निर्माण सामग्री व्यापार संघले जनाएको छ । 

रडको भाउ केही महिना अघिसम्म १०० रुपैयाँ भन्दा माथि रहेकोमा हाल ९२/९३ रुपैयाँमा कारोबार भइरहेको छ । सिमेन्टको मूल्यमा पनि प्रतिबोरा ३० देखि ४० रुपैयाँ गिरावट आएको छ ।  हाल पीपीसी सिमेन्ट प्रतिबोरा ५१० देखि ५१५ रुपैयाँ र ओपीसी ६०० देखि ६१० रुपैयाँमा पाइन्छ । 

हाल इँटाको भाउ १५ देखि १६ रुपैयाँ रहेकामा स्टक धेरै हुने र संकट धेरै झेलिरहेका केही उद्योगीले १२ देखि १३ रुपैयाँमा बिक्री गरिरहेका छन् ।

पछिल्लो समय इँटा उद्योग संकटमा छ । चालु आर्थिक वर्षमा २० देखि ३० क्षमतामा मात्र इँटा उत्पादन गरेकामा त्यही पनि बिक्री भइरहेको छैन । बजारमा माग निकै कम हुँदा व्यापार घाटामा छ । व्यापारमा गिरावटका कारण धाटा थेग्न नसकेर उद्योग धमाधम बन्द हुन थालेका छन् ।

कुनै समय देशभर १३५० वटा इँटा उद्योग संचालनमा रहेकामा हाल सो संख्या ३६० मा झरेको छ । व्यापारमा आएको गिरावटले उद्योगको संख्या अर्को वर्षसम्म २०० वटामा झर्ने अनुमान इँटा उत्पादक संघको छ ।

असार र साउन निर्माण क्षेत्रका लागि अफ सिजन मानिन्छ । यद्यपि इँटाको मागमा पहिलेदेखि नै कमी आइरहेकोले अफसिजनमा आफूहरू थप संकटमा परेको उद्योगीहरू बताउँछन् । 

बजारमा माग घटेकै कारण निर्माण सामग्रीका उद्योग ४० देखि ५० प्रतिशत क्षमतामा मात्र चलिरहेका छन् । बजारमा माग घट्दो क्रममा रहेकाले उत्पादन अझै घटाउनुपर्ने अवस्था रहेको सिमेन्ट उद्योगीहरू बताउँदै आएका छन् । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It