News

भक्तपुरमा अनुमति बिनै धमाधम प्लटिङ, यी ९२ प्लटिङको जग्गा नकिन्न आग्रह (ठाउँसहित)

By BN EditorialJanuary 24, 20225 min read
भक्तपुरमा अनुमति बिनै धमाधम प्लटिङ, यी ९२ प्लटिङको जग्गा नकिन्न आग्रह (ठाउँसहित)

भक्तपुर जिल्लामा योजना अनुमति नलिइकन धमाधम प्लटिङ भइरहेको पाइएको छ । अनुमति बिनै ९२ ठाउँमा प्लटिङ भएपछि सरकारले ती ठाउँको जग्गा नकिन्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति बिनै भएक प्लटिङको जग्गा नकिन्न आग्रह गरेको हो । जग्गा किन्दा प्राधिकरणले योजना अनुमति दिएको छ छैन बुझेर मात्रै खरिद गर्न प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

योजना स्वीकृती नलिई मापदण्ड विपरीत जग्गा प्लटिङ गरी सार्वजनिक सम्पत्ति, ऐलानी, पर्ति जग्गाहरू समेत प्रयोग गरी अवैध प्लटिङ भइरहेको प्राधिकरणले जनाएको छ । भक्तपुर जिल्लाका ४ वटा नगरपालिका भित्र यस्तो अनियमित रूपमा प्लटिङ भइरहेको पाइएको हो ।

स्वीकृति नलिई प्लटिङ गर्ने तथा प्लानिङ गरिरहेका सम्बन्धित डेभलपर्सको नाम, नम्बर, योजनाको कुल क्षेत्रफल योजना अनुमति लिएको नलिएको, लिएको भए अनुमति दिने निकायसहितको विवरण साथ उपस्थित हुन प्राधिकरणले सूचना जारी गरेको छ ।

बिहीबार १३ गतेभित्र उक्त प्लटिङका धनीहरू प्राधिकरणमा उपस्थित भई कागजपत्र पेस गर्नु पर्नेछ । उपस्थित नभएको र अनुमति बिना प्लानिङ गरेका डेभलपर्सहरूलाई कानुन बमोजिम कारबाही प्रकृया अगाडि बढाइने प्राधिकरणको भनाइ छ ।

‘अंशवण्डका लागि प्लटिङ गरेको हुनसक्छ’

भक्तपुर मालपोत कार्यालय प्रमुख गणेशकुमार खड्काले अशंवण्डाका रूपमा आउनेलाई कित्ताकाट गरी दिने व्यवस्था अनुसार दिएको हुँदा पनि फिल्डमा प्लटिङ गरिएको हुन सक्ने बताए । उनले व्यवसायीहरूले फिल्डमा प्लटिङ निर्माणको अनुगन भक्तपुर मालपोत कार्यालयको मातहत भित्र नपर्ने बताए ।

उनले नियमानुसार अंशवण्डा गरी दिने व्यवस्था हुँदा कोही ३/४ जनाको परिवार भएकालाई अंश वण्डा गरी दिने गरेको उनले बताए । त्यसपछिको प्रकृया फिल्ड भिजिट मालपोत भित्र नभई स्थानीय सरकारबाट हुनुपर्ने कार्य रहेको उनको भनाइ छ ।

‘हामीले अंशवण्डा गरेर दिने हो, उनीहरूले फिलडमा बाटो राखेर प्लटिङ गरी बेच्छन् कि के गर्छन् हामीलाई थाहा हुँदैन त्यसको नियमन हाम्रो मातहतमा पनि पर्दैन्,’ खड्काले चाणक्य पोष्टसँग भने ।

उनले यस्तो झुटा नियम विपरीत हुने प्लटिङबाट बच्न प्लटिङमा बनेको बाटो वास्तविक हो हैन मालपोतमा गई अनुसन्धान गर्ने, जग्गा दर्ता भएको ३०/३५ वर्ष वितेको भए त्यसको स्रोत पत्ता लगाएर मात्र जमिन खरिद गर्नु राम्रो हुने बताए । उनले व्यवसायीहरूले सुरूमै प्लटिङ गरेर पछि कित्ताकाट गरि बेच्ने हुँदा पनि प्लटिङ जथाभावी हुन पुगेको बताए ।

यी हुन् अनुमति बिनै प्लटिङ भएका ठाउँहरू

सूर्यविनायक नगरपालिकामा पर्ने ११ स्थानका प्लटिङ भएका जग्गा नकिन्न प्राधिकरणले सूचना निकाले छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ३ को भुजेल टोलको २२ रोपनी र झौखेल स्थित ५ रोपनी जग्गामा अनुमति बिना प्लटिङ भएको छ।

सूर्यविनायक नगरपालिकाको वडा ४ गाम्चाचोक नजिकै ६ रोपनी, गैटहाउजिङको पूर्वपट्टी, चौरखण्डी हाउजिङ क्षेत्रमा प्लटिङ भइसकेका जग्गा नकिन्न सूचना जारिगरिएको छ ।

सुवर्णेश्वर मन्दिर तल जनस्वास्थ्य जाने बाटोसँगै रहेको ३ रोपनी जग्गा, जगाती डोलेश्वर जाने सडक माथिको ५ रोपनी, डोलेश्वर मनकामना मन्दिर नजिकको ७ रोपनी सिपाडोल कृष्ण मन्दिर पछाडिको २० रोपनी, साँगा महादेव छेउमा रहेको २० रोपनी र काठमाडौं फनभ्याली पछाडि साँगा जोड्ने वैकल्पिक सडकसँगै रहेको प्लटिङजमिन नकिन्न सूचनामा उल्लेख छ ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा पर्ने निकोसेरा नागबेली मार्गसँगै रहेको १० रोपनी जग्गा समेत नकिन्न निर्देशन दिइएको छ । चाँगुनारायण नगरपालिकामा पर्ने ९० स्थानका जग्गा अनुमति बिना प्लटिङ गरिएको पाइएको छ ।

चाङगुनारायण नगरपालिका वडा १ मा पर्ने दुवाकोट वीर हस्पिटल मुनि १ वटा, वीर हस्पिटलको पश्चिममा १ वटा, मनोहरा आधारभूत स्कुलको पूर्वमा १ वटा, मनोहरा आधारभुत स्कुल माथिको १ वटा, बेँसीमा शशस्त्र प्रहरी पोष्ट नजिकको ३ वटा, निलबाराही कागज कारखाना नजिकको १ वटा, सरस्वती खेल बसपार्क नजिकको ३ वटा, गणेश मन्दिर नजिकको ४ वटा, सरस्वती खेल बसपार्क पश्चिममा पर्ने २ वटा, सरसवती खेल बसपार्क दक्षिणमा पर्ने १ वटा, सिल्टिटार जग्गा एकिकरण आयोजनाको पूर्वपट्टीको १ वटा जमिन नकिन्न आग्रह गरेको सूचीमा परेका छन् ।

बस्ताकोटी चोकको प्लानिङमा सल्लाघारी नजिकको १ वटा, केएमसी हस्पिटल बारुद खाना चोक वरिपरीको ४ वटा, महाँकाल चोक वडा १ को सिमानामा आचार्य टोल ३ जाने बाटोमा रहेको १ वटा, वडा कार्यालयको पूर्व पश्चिममा पर्ने ५ वटा, सुजखु टोल अगाडीको प्लानिङमा रहेको १ वटा, दुख हरणेश्वर खानेपानी नजिकै प्लानिङको १ वटा, जागुत चोक नजिकैको प्लानिङको १ वटा, छत्रपाटी खोलाधर प्लानिङको १ वटा, गेलाल गाउँ स्थित बाग्रेमुडा प्लानिङको १ वटा प्लटिङ अनुमति बिना गरिएको पाइएको हो ।

चाँगुनारायण नगरपालिका वडा ३ स्थित ग्वाप्छा टोलमा दाहाल गाउँ प्लानिङ १ वटा, राउत टोल प्लानिङको १ वटा, ऊँकार टोल प्लानिङको १ वटा, चाँगुनारायण हाइस्कुल डाँडाघर फुलबारीको १ वटा, कमलपोखरी आजात स्कुल अगाडिको प्लानिङको १ वटा, लकिला प्लानिङको १ वटा, लाकिलाको वायाँपट्टी ओरालाको १ वटा, लाखेटोलको प्लानिङको १ वटा, चुनदेवि मन्दिरको पुर्वपट्टी प्लानिङ भएको १ वटा नकिन्ने जग्गाको सूचीमा परेको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित चाँगुनारायण हाइस्कुल डाँडाघर फुलबारी प्लानिङको १ वटा, कुयकेल गाउँ चाँगुनारायण मन्दिर मुनि मनोहरा खोला छेउको ३ वटा, मुलपानी बारी इन्जिनियरिङ कलेज वरिपरीको २ वटा चाँगुनारायण मन्दिरको उत्तर पश्चिममा १ वटा, पुरानो वडा नम्बर ४ कार्यालयको उत्तर पश्चिममा ५ वटा, गाउँ डोल नयाँ बस्तीमा ४ वटा, मुलपानी पुल नजिक इन्जिनियरिङ वरिपरी ५ वटा, समावेशी वस्ती नजिक १ वटा, चाँगुनारायण मन्दिरको उत्तर पश्चिम पट्टिको मन्रिमुनि १ वटा र चाँगुनारायण मन्दिर मुनिको १ वटा प्लटिङ भएको जग्गा किन्न नमिल्ने सुचिमा परेको छ ।

चाँगुनारायण नगरपालि वडा ५ मा पर्ने छालिङ ओमशान्तिजाने बाटोको वरिपरीको ३ वटा, छालिङ नयाँ नगरपालिका भवनको वरिपरीको २ वटा, त्रिशुलडाँडा मुनिको १ वटा, चाँगुनारायण अस्पताल नजिकको १ वटा र लप्टन डाँडा वरिपरीको ३ वटा प्लटिङ अनुमति बिना गरिएको पाइएको छ।

चाँगुनारायण नगरपालिका वडा ६मा पर्ने नगरकोट बाख्री गाउँ (रोजी खाजाघर एण्ड होमस्टे) बाटो माथि, बाटो मुनिको २ वटा र गैरि गाउँ एशिया तिलकोट २ भन्दा माथि नगरकोट मि कि ३ जाने बाटोमा ५ वटा प्लटिङ अनुमति बिना भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा ७ मा पर्ने बागेश्वरी सुविधानगरमा १ वटा, फौजु टोलमा १ वटा, काफ्ले टोलमा १ वटा, वन पँधेरो मुहान पोखरी भन्दामाथि १ वटा, महादेवस्थान माथि २ वटा, बागेश्वरी हेल्थ पोष्ट जाने बाटोमा १ वटा, बाँसबारी जितपुर जाने सडकमा ४ वटा, उनइए तालिम केन्द्रमुनि ४ वटा, हेलमेट डाँडामुनि ३ वटा, बालु महादेव मन्दिरमुनि १ वटा, नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र पूर्व पट्टी १ वटा र आर्मी तालिम केन्द्रको अपोजिट पट्टि १ वटा प्लटिङ अनुमति बिना बनेको छ ।

चाँगुनारायण नगरापालिका वडा ८ मा पर्ने गुम्बा वरिपरीको ४ वटा, पुरीगाउँ पाकल मोड पिचरोड माथि र तलको २ वटा, आरुबारीको २ वटा पञ्चकन्या स्कुल मुनिको १ वटा, खुवा पसल चोक नजिक दायाँ वायाँको २ वटा, ठूली ब्रमायणीको २ वटा, सुडाल प्रहरी चौँकी अगाडीको १ वटा, सुडाल प्रहरी चौँकी पछाडीको १ वटा, बागमारे पाटी उत्तर साईडको १ वटा, बिडोलको ३ वटा, गोस पुलको पूर्वी क्षेत्रको १ वटा, चरेलीको माथिल्लो डाँडाको ३ वटा र सुडाल महादेव खोला छेउको २ वटा प्लटिङ भएको जमिन अनुमति बिना बनेको हो ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ९ स्थित ताथली पशु सेवा केन्द्रको दक्षिणपट्टिको १ वटा, हलथ्रा उत्तरपुर्व वडा कार्यालय नजिकैको २ वटा, हलुङ्गापूर्वको १ वटा, ताथली उग्रथण्डी चामल पिठो उद्योगको माथि ३ वटा, ताथली छापखोला माथिको १ वटा, सैडोलको २ वटा, इठूप्नी–साबिक ताथली ७ ग क्षेत्रमा पर्ने ७ वटा, ताथली बिस्कुट कारखानाको उत्तरतर्फ र दक्षिणतर्फ २ वटा र ताथली फूलबारी याता फाँटमा ३ वटा प्लटिङ अनुमति बिना बनेका हुन् ।

basobaasnepalreal estate business

You May Also Like

More stories from Basobaas