Lifestyle

यी हुन् सुरक्षित र हेर्दा स्टाइलिश ढोकाको लागि उपयुक्त चुकुलहरू

Pinterest LinkedIn Tumblr

काठमाडौंघरहरूको डिजाइनमा विविधता आएसँगै घरमा प्रयोग हुने सबैखाले सामग्रीहरूमा नयाँपन आएको छ । घरको सुरक्षाको लागि प्रयोग हुने सामग्री चुकुलको सन्दर्भमा पनि विभिन्न डिजाइन र प्रविधि प्रयोगमा आएका छन् । जसले सुरक्षा प्रत्याभूति बढाउनुका साथै घरको स्मार्टनेश पनि बढाउँछ । हिजोआज चल्तीमा रहेका चुकुलहरूको बारेमा कुरा गरौँ,

१. सिङ्गल नब (Single Knob)

यो साधारण प्रकारको डोर नब हो । यसको एक छेउमा समाउने नब हुन्छ । जुन घुमाएर ढोका खोल्न सकिन्छ। यस्तो नब आवासीय क्षेत्रका लागि उपयुक्त हुन्छ ।

Single Knob

२. डबल नब (Double Knob)

डबल नबमा ढोकाको दुवै छेउमा चुकुल हुन्छ । यसको प्रयोग मुख्यतः प्रवेशद्वार, बेडरूम, र अफिसको ढोकामा गरिन्छ ।

Double Knob

 ३. प्यासेज नब (Passage Knob)

यस प्रकारको डिजाइनमा चुकुल हुँदैन । यो सामान्यतया सुरक्षा वा गोपनीयता आवश्यक नपर्ने भित्री ढोका, प्यासेज, दराजका भित्री घर्रा, किचेन र्याक आदिमा प्रयोग भएको पाइन्छ । 

Passage Knob

४. प्राइवेसी नब (Privacy Knob)

यस प्रकारको चुकुल ढोकाको भित्री भागबाट नब घुमाएर ढोका बन्द गर्न सकिन्छ भने बाहिरपट्टि साँचो लगाउने तरिकाले डिजाइन गरिएको हुन्छ ।

Privacy Knob

५. डिजिटल वा स्मार्ट नब (Digital or Smart Knob)

प्रविधिको विकाससँगै आएका स्मार्ट नबले ढोकालाई उच्चस्तरीय सुरक्षा प्रदान गर्छन् । यसमा पासवर्ड, फिंगरप्रिन्ट, वा कार्ड स्क्यानर प्रणाली हुन्छ । हिजोआज यस प्रकारको नब घर तथा अफिसका मुख्य ढोकामा प्रयोग भएको पाइन्छ ।

Digital or Smart Knob

६. लिभर नब (Lever Knob)

लिभर नबलाई लामो, पातलो ह्यान्डलको रूपमा डिजाइन गरिएको हुन्छ । जसलाई तल वा माथि थिचेर ढोका सजिलै खोल्न सकिन्छ । यस प्रकारको चुकुल डिजाईनले ढोकालाई आधुनिक र स्टाइलिश देखाउँछ ।

Lever Knob

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It