Market

१० लाख खर्चेर जीर्णोद्धार गरिएको ‘पञ्चायत घर’

Pinterest LinkedIn Tumblr

काठमाडौं । बाग्लुङको तमानखोला गाउँपालिकाले तमान गाउँमा १० लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार गरेको छ ।

स्थानीय स्रोतको प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार गरिएको छ । यो घरलाई तमानखोला गाउँपालिका वडा नं-३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।

वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेबित्तिकै नयाँ घरमा कार्यालय सारेर पञ्चायत घरलाई पुस्तकालयमा परिणत गरिने वडा कार्यलयले जनाएको छ ।

पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It