Market

ओपन हाउसः सीजीका घरहरू खरिदमा विशेष छुट दिइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले यही भदौ २८ र २९ गते ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । धापाखेलस्थित सीजी लेकभ्यू हाउजिङका घरहरूको साइट भिजिट गराउन ओपन हाउस आयोजना गर्न लागिएको हो ।

शुक्रबार र शनिबार हुन लागेको ओपन हाउस दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । जहाँ सीजीद्वारा निर्माण गरिएका परियोजना अन्तरगतका घरहरू भिजिट गराइनेछ । साथै उपलब्ध सेवासुविधाको बारेमा विस्तृत जानकारी दिइनेछ । 

निर्माणाधीन सीजी लेकभ्यूमा जम्मा ९१ वटा घरहरू निर्माण भइरहेका छन् । यी घरहरू ४ आना १ पैसादेखि १३ आना १ पैसा २ दाम जग्गामा बनेका छन् । जसमध्ये ६० प्रतिशत घरहरू बुकिङ भइसकेका छन् भने बाँकी युनिट घरहरूको बुकिङ खुला गरिएको छ । 

यी घरहरू 4BHK सम्मका हुनेछन् । यसअघि बसोबासले भदौ १४ र १५ गते ओपन हाउस कार्यक्रम आयोजना गरेको थियो ।

ओपन हाउस सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It