News

फेसबुकमा ‘घरजग्गा लोन सेवा’ पेज बनाई लाखौं ठगी गर्ने एक युवक पक्राउ

By BabinaJune 11, 20231 min read
फेसबुकमा ‘घरजग्गा लोन सेवा’ पेज बनाई लाखौं ठगी गर्ने एक युवक पक्राउ

काठमाडौं । फेसबुकमा ‘घरजग्गा लोन सेवा’ नामक पेज बनाई ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका २७ वर्षीय रामचन्द्र चालिसे रहेको प्रहरीले जनाएको छ । 

ठगी गरेको पैसाले उनी काठमाडौंका महँगा होटलहरूमा बस्ने गरेको तथ्य खुलेको छ । 

वास्तविक नाम रामचन्द्र भए पनि उनले आफूलाई नकुल चालिसे, आकाश भट्टराई र आर.एन क्षेत्री भनेर ग्राहकलाई चिनाउने गरेको अनुसन्धानबाट खुलेको छ । 

चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा, विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिहरूबाट घरजग्गा लोन मिलाइदिन्छु भनेर ५७ लाख २० हजार लिएका थिए ।

साथै उनले कतिपय व्यक्तिहरूका नाममा कम्पनी खोल्ने भनेर नागरिकता दुरुपयोग गरेको पनि पाइएको छ । कतिपय ग्राहकको नागरिकता लिएर विभिन्न बैंकमा खाता खोलेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले चालिसेविरूद्ध ठगी र बैंकिङ कसुर गरेको अभियोगमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 

यस पेजबाट सम्पर्क भई ठगीमा परेको भए जिल्ला प्रहरी परिसर टेकुमा सम्पर्क गर्न आग्रह गरिएको छ । साथै अनलाइनबाट कारोबार गर्दा कम्पनी दर्ता भए नभएको बुझेर मात्र कारोबार गर्न आग्रह गरिएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

fraudonline realestate fraudreal estate fraudReal Estate Loan Service

You May Also Like

More stories from Basobaas